2026 June 21/ 08:37: 31am

बनेपा/स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । 
संस्थाका अध्यक्ष कृष्णलाल श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा ज्येष्ठ नागरिक, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कर्जा व्यबसायी, उत्कृष्ट  एसईई शैक्षिक पुरस्कार वितरण गरिएको थियो । संस्थाका अध्यक्ष कृष्णलाल श्रेष्ठले संस्थाले सामाजिक उत्तरदायित्व अनुसार विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताए । अहिले सहकारी क्षेत्रमा केहि सहकारीले गर्दा नराम्रो सन्देश गएकाले उक्त सहकारीको कारोबार सन्तोष जनक रहेको श्रेष्ठले बताए । संस्थाको पुष मसान्त सम्मको कारोबार २ करोड २३ लाख १३ हजार, कुल बचत १६ करोड ४६ लाख, ६४ हजार, ऋण लगानी १४ करोड ९३ लाख १४ हजार, जगेडा कोष ९५ लाख ८६ हजार रहेको जनाएको थियो ।