बनेपा/बनेपामा रहेको कम्युनिटी वेलनेस सेन्टर (सिडब्लुसी), बनेपा डाईग्नोस्टिक ल्याब र वि एण्ड वि मल्टिस्पेसीयालीटि डेन्टलको मेडिकल सहयोगमा सिन्धुपाल्चोक जिल्लाको वडा नम्वर ६ मान्द्रा र गातीमा दुई दिने बृहत्त निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गाती युवा क्लव सिन्धुपाल्चोकको आयोजना तथा नमस्ते नेपाल काठमाडौको सहयोगमा आयोजित स्वास्थ्य शिविरमा विभिन्न रोगको परिक्षण गरिएको थियो । शिविरमा ४ सय ५५ जनाले सेवा लिएका थिए । यसअघि पनि बनेपाको वेलनेस सेन्टरले जिल्लाका विभिन्न स्थानमा तथा अन्य जिल्लामा समेत निशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । शिविरमा हाडजोर्नी सम्वन्धी १ सय ६५, सामान्य परिक्षण १ सय १०, स्त्रि रोग २५, दाँत सम्वन्धी ९५, फिजियो ६० जनाले परिक्षण गराएका थिए ।









