2026 June 21/ 09:17: 24am

बनेपा/जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको आयोजना र कम्युनिटी वेलनेश सेन्टर बनेपाको प्राविधिक सहयोगमा चालक एंव सह चालकहरुलाई स्वास्थ्य परीक्षण तथा सचेतना  कार्यक्रमको आयोजना गरेको छ । 
 सवारी दुर्घटना न्यूनीकरणका  लागी सडक मै चालक र सहचालकहरुको स्वास्थ्य परिक्षण गरेको ट्राफिक प्रमुख जर्नादन घिमिरेले बताए । दुर्घटना न्यूनीकरणको लागि अरनिको राजमार्ग हुदै सञ्चालन भएका सवारी साधनहरुका चालक तथा सह चालकको सुगर, प्रेसर जाँच गरिएको थियो । चालक र सहचालकको स्वास्थ्य ठिक भएमा मात्रै गन्तब्यमा पुग्न सकिने र सहि ढंगले सवारी हाक्न सक्ने भएकाले उनिहरुको स्वास्थ्य परिक्षण गरिएको घिमिरेले बताए । परिक्षणमा ७४ जनाले निशुल्क स्वास्थ्य परिक्षण सेवा लिएका थिए । ट्राफिक कार्यलयले समय समया सचेतना तथा दुर्घटना न्यूनिकरणका कार्यक्रमहरु गर्दे आएको छ ।