2026 June 21/ 07:51: 21am

    बनेपा/लामो समयदेखि निरन्तर ‘जनमत’ मासिकको प्रकाशन गरिरहनु भई नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा उदाहरणीय कार्य गर्ने काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका स्थायी घर भएका बरिष्ठ साहित्यकार मोहन दुवाल सम्मानित हुने भएका छन् । 
    दुवालले ‘जनमत मासिक’को पूर्णाङ्क ११७ देखि १३७ अङ्कसम्म लगातार शहिद शुक्रराज शास्त्रीद्वारा वि.सं. १९८६ मा लेखिएको ‘स्वर्गको दरबार’ नामक महत्वपूर्ण कृतिको पुनःप्रकाशन गर्नु भई एक ऐतिहासिक कार्यको सु–सम्पादन गर्नु भएको थियो । उक्त कार्यको उच्च मूल्याङ्कन गर्दै मोहन दुवाललाई ‘शहिद दशरथ चन्द स्मृति पुरस्कार २०८०’ बाट पुरस्कृत गरिने भएको छ । भरतपुर, चितवनमा माघ १६ गते शहिद दिवसको अवसरमा नगद १५ हजार सहित सम्मान गरिने बताईएको छ । उक्त पुरस्कार चितवनको भरतपुरमा भव्य साहित्यिक समारोहका बीच प्रदान गरिनेछ ।