2026 June 21/ 05:39: 29am

मण्डनदेउपुर/सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले अनाथ बालबालिकाहरुको उत्थान तथा संरक्षणका लागि मण्डन देउपुर नगरपालिका वडा नं ९ थुम्कीमा स्थापना भै संचालनमा रहेको सेवक नेपाल बाल गृहका बाल बालिकाहरुको लागि खुत्रुके वितरण गरेको थियो । 
उक्त संस्थाका बाल बालिकाहरुको लागि विभिन्न व्यक्तिहरूले प्रदान गर्नु भएको रकम सामुदायिक साकोसले वितरण गरेको खुत्रुकेमा रकम जम्मा गरी सामुदायीकको साकोसको बचत खातामा प्राप्त भएको थियो । उक्त रकम सेवक नेपालका २७ बालबालिकाहरुको लागि जम्मा भएको रकम वितरण गरिएको बताइको छ ।  खुत्रुकेमा रु ५० हजार ४ सय ८० र संकलन भएको जनाएको छ । उक्त रकम बालबालिकाहरुलाई वितरण गरिएको थियो । सामुदायीक साकोसले सदस्यमुखी सामाजिक कार्यहरु गर्दै आएको प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले बताए ।