2026 August 28/ 01:58: 13am

बनेपा/नेपाल पव्लिक क्याम्पसको चौथो अधिबेशनबाट सागरमणी तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । 
    समितिको उपाध्यक्षमा जयराम कर्मचार्य, सचिव सेमन्त भण्डारी, सह सचिव हरिहर अधिकारी, कोषाध्यक्ष परशुराम कडेल सदस्यहरुमा पुजन श्रेष्ठ, राजेश तिमल्सिना, संजीब भण्डारी, तुलसी चौलागाई, शशी बोलखे, ईन्द्र प्रसाद गौतम, चिरन्जीवी अधिकारी, सिताराम नेपाल, सुरेन्द्रप्रसाद पौडेल र भवनाथ वाग्ले निर्विरोध निर्वाचित भएका छन् । अधिबेशनको नेपाल पब्लिक क्याम्पस केन्द्रीय अध्यक्ष सत्रुघ्नप्रसाद गुप्ता प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । प्रमुख अतिथी गुप्ताले राज्यले नै शिक्षा सम्बन्धि नयाँ नियम र ऐन नल्याई विद्यार्थीहरुलाई रोक्न सक्ने अबस्था नरहेको बताए । विद्यार्थीहरुलाई नेपालमा पनि पढेर केहि गर्न सकिन्छ भन्ने बाताबरण बनाउनु पर्ने बताए । कार्यक्रममा महासचिव गोबिन्दबहादुर कार्की निबर्तमान अध्यक्ष शिबराज सन्जेल, तेजगंगा बहुमुखी क्याप्पसकी संस्थापक क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्की लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।