2026 June 21/ 05:37: 34am

    बनेपा/आभाष साकोस र शिर मेमोरियल एडभेन्टिष्ट अस्पतालबीच अस्पतालबाट प्रवाह हुने सेवामा छुट दिने सहमती भएको छ । संस्थामा आवद्ध सदस्यहरुलाई अस्पतालले प्रदान गर्ने सम्पुर्ण सेवामा १० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।
    सम्झौता पौष १६ गतेबाट लागु हुने साकोसका अध्यक्ष दिनेश कायस्थले जानकारी दिए । सम्झौता कार्यक्रममा संस्थाका अध्यक्ष दिनेश कायस्थ, प्रमुख कार्यकारी अधिकृत सुवास वैद्य र अस्पतालका प्रतिनिधिको उपस्थिती रहेको थियो । आभाष साकोसले २०७४ साल देखी छोरी अभियान कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि संस्थाको १४ औं वार्षिकोत्सवको अवसरमा मंसिर १४ गते शिर मेमोरियल अस्पतालमा जन्मिएको पहिलो छोरीलाई सम्मान गरिएको थियो ।