2026 August 26/ 09:53: 34pm

श्रीखण्डपुर/श्रीखण्डपुर माध्यमिक विद्यालयको ४५ औ वार्षिको उत्सब धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
कार्यक्रमका प्रमुख अतिथी ब्यान्जुले नगरका सम्पूर्ण विद्यालयहरुको भौतिक निर्माण कार्य सम्पन्न भएकाले अव शैक्षिक गतिविधि बढाउन आग्रह गरेका थिए । विद्यार्थीहरुलाई ब्यहारिक शिक्षा सँगै हामीले प्राविधिक शिक्षा प्रदान गर्नुपर्ने बताए । सरकारी विद्यालयमा राज्यको धेरै लगानी भए पनि प्रतिफल राम्रो नआएको भन्दै ब्याञ्जुले शिक्षामा नयाँ सिकाईबाट शुरु गर्नुपर्ने बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शंकरलाल अधिकारी वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई धुलिखेलका अधिकृत विन्दा भुर्तेल, धुलिखेल नगरपालिका सामाजिक विकास संयोजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष गणेश आचार्य, वडा नम्बर ५ का वडा अध्यक्ष प्रमोद सुन्दर श्रेष्ठ, धुलिखेल नगरपालिका शिक्षा शाखा प्रमुख भोजकुमार ठकुरी लगाएतले शुभकामना मन्तब्य राखेका थिए । 
कार्यक्रममा उत्कृष्ट विद्यार्थी पुरस्कार वितरण, अक्षयकोष दाताहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य अधारभुत तहका ईन्चार्ज शिब बन्जाराले गरेका थिए भने, धन्यबाद ज्ञापन सहायक प्रध्यानाध्यापक जुजुभाईभाई मानन्धरले राखेका थिए । कार्यक्रम विद्यालयका ब्यबस्थापन समिति अध्यक्ष अशोकचन्द्र गोपाल धुजु श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।