2026 June 21/ 04:09: 20am

    मण्डनदेउपुर/पतंजली योग समिति काभ्रेको आयोजनामा मण्डनदेउपूर नगरपालिका वडा नं. ७ कुन्ताबेशी योग साधना केन्द्रमा संचालन भएको १२ दिने उप–योग शिक्षक तालिम होम यज्ञ समापन भएको छ । 
योगको समापन मण्डनदेउपूर नगरपालिका प्रमुख टोक बहादुर वाईवाको प्रमुख आतिथ्यतामा भएको थियो । वाईवाले योग केन्द्र खोली स्थानियलाई तालिम दिएर सक्षम पार्नु भएकोमा धन्यवाद दिदै नगरका वडामा योग संचालन गर्न सहयोग गर्ने वताए । 
    कार्यक्रममका विशिष्ट अतिथि पतंजली योग समिति नेपाल बाग्मती प्रदेश प्रमुख ग्रुवेन तौजलेले योग जागरण मण्डनदेउपुर नगरपालिकाको वडा वडामा फैलाउनुपर्ने बताए  । पतंजली योग समिति काभ्रेका का.वा. अध्यक्ष प्रकाश कायस्थको सभापतित्वमा भएको उक्त कार्यक्रममा मण्डनदेउपूर नगरपाकिपालिका वडा नं. ४ का वडा अध्यक्ष मैते सिं तामाङ्ग, पतंजली योग समिति नेपाल बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, महिला पतंजली योग समिति काभ्रेका अध्यक्ष अनु श्रेष्ठ, तालिममा सहभागीको तर्फबाट अनन्त सापकोटा र रुकमणी पौडेलले योगको महत्वको बारेमा मन्तव्य राखेका थिए  । 
पतंजली योग समिति काभ्रेका महामन्त्री मोहन कृष्ण बैद्यले संचालन गरेका थिए भने  तालिममा ३७ जना सहभागी भएका थिए । तालिम पश्चात बुद्धिमान श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय कुन्ताबेशी योग साधना केन्द्र समिति गठन गरिएको थियो । 
    त्यसैगरी उप–योग शिक्षक तालिमको शुभारम्भ पतंजली योग समिति काभ्रेको आयोजनामा पनौती नगरपालिका वडा नं. ५ सुब्बागाउँ श्रीकृष्ण मन्दिर योग साधना केन्द्रमा १२ दिने उपयोग शिक्षक तालिमको शुरु गरिएको छ । पतंजली योग समिति नेपाल बाग्मती प्रदेश प्रमुख ग्रुवेन तौजलेले तालिमको शुरु गरेका थिए । पतंजली योग समिति काभ्रेका का.वा अध्यक्ष प्रकाश कायस्थको सभापतित्वमा भएको उक्त कार्यक्रममा पतंजली योग समिति नेपाल बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, महिला पतंजली  योग समिति काभ्रेका अध्यक्ष अनु श्रेष्ठ, महामन्त्री मोहन कृष्ण बैद्य, संगठन मन्त्री श्याम श्रेष्ठ, महिला कोषाध्यक्ष निर्मला श्रेष्ठ, महिला सदस्य शर्मिला मानन्धर, शान्ती ताम्राकार, पनौती नगर समितिका संयोजक पुष्पराम कर्माचार्यको उपस्थिती रहेको थियो ।