2026 June 21/ 04:08: 49am

बनेपा/मनकामना बचत तथा ऋण सहकारीको २९ औं स्थापना दिवसको अवसरमा संस्थाको आयोजना र रेयुकाई आँखा अस्पतालको प्राविधिक सहयोगमा १ दिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । 
शिविरको उद्घाटन संस्थाका अध्यक्ष बालकृष्ण दाहालले गरेका थिए । दाहालले संस्था स्थापनका अवसरमा सदस्यहरुको आँखा परिक्षण गरिएको बताउनु भयो । सदस्यहरुको निःशुल्क आँखा जाँच गरि मोतिबिन्दुको अप्रेशन गर्नुपर्ने सदस्यहरुको निःशुल्क गरिने दाहालले बताए । संस्थाले विभिन्न समयमा स्वास्थ्य शिविर, रक्तदान, जस्ता सामाजिक कार्यहरु गर्दै आएको दाहालले बताएका थिए । संस्थाले सदस्यहरुको आयस्तरमा बृद्धि गर्र्ने क्षेत्रमा लगानी गर्दै आएको, सिपमुलक तालिम प्रदान गरेको बताएका थिए । शिविरमा २ सय ५० जनाले जाँच गराएका थिए भने १९ जनाको मोतिविन्दुको अप्रेसन गर्नु पर्ने बताएको थियो भने ३३ जनालाई चस्मा वितरण गरिएको प्रबन्न्धक राजकुमार दाहालले जानकारी दिए । शिविरमा उपाध्यक्ष गोपाल प्रसाद घिमिरे लगायत सञ्चालक सदस्यहरु, विभिन्न उपसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।