बनेपा/लायकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ वार्षिक साधारण सभा काभ्रे पलाञ्चोक जिल्ला बचत सघंका अध्यक्ष उदयराम कायस्थको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथी कायस्थले सहकारीको ऐन अनुसार सञ्चालित सहकारीहरुमा कुनै आर्थिक समस्या नभएको बताए ।
सहकारीको पैसा आफु खुशी चलाएका, मिटर ब्याजमा लगानी गरेका, अबैधानिक क्षेत्रमा लगानी गरेका सहकारीहरुमा समस्या भएकाले सदस्यहरुले सहकारी संस्थाको बारेमा राम्रो सँगं बुझेर कारोबार गर्न अध्यक्ष कायश्थले आग्रह गरे । अहिले सबै क्षेत्रमा आर्थिक सकंट भएकाले सहकारी क्षेत्रमा त्यसको असर पर्नु स्वभाविक रहेको कायस्थको भनाई थियो । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७९÷२०८० को आर्थिक प्रतिबेदन कोषाध्यक्ष विजुभक्त श्रेष्ठले, वार्षिक प्रतिबेदन सचिब मंगलमान प्रजापतिले सभामा प्रस्तुत गरेका थिए । संस्थाको कुल शेयर पुँजीं २९ लाख ९९ हजार, ऋण लगानी २ करोड २२ लाख ४५ हजार, बचत ४ करोड ७५ लाख ३९ हजार, जगेडा कोष ३६ लाख ५८ हजार रहेको जनाएको छ । साधारण सभाको वन्द सत्रले विक्रम प्रजापतिको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । समितिको उपाध्यक्षमा कान्छा डंगोल, सचिब मंगलमान प्रजापति, कोषाध्यक्ष विजुभक्त श्रेष्ठ, सदस्यहरुमा रामशरण प्रजापति, दिनेश प्रजापति, रामकाजी प्रजापति, जयकृष्ण प्रजापति, कृष्णदेवी बनमाली रहेका छन् । लेखा सुपरिबेक्षण समितिको संयोजकत्वमा दिपक प्रजापति, सदस्य पुष्पाञ्जली प्रजापति र विश्वभक्त श्रेष्ठ रहेका छन् । ऋण समिति संयोजक बलराम अवाल, सदस्य गणेशमान प्रजापति र राम प्रतापति रहेका छन् । त्यसै गरी शिक्षा उपसमिति संयोजक अनिश प्रजापति, सदस्य पवित्रा घिमिरे, लक्ष्मण प्रजापति, बलराम डंगोल र कल्पना प्रजापति रहेका छन् । कार्यक्रमको सभापति संसथाका अध्यक्ष विक्रम प्रजापतिको सभापतित्वमा सम्पन्न भएको थियो ।









