2026 June 21/ 02:38: 26am

रवि/साना किसान कृषि सहकारी संस्था लिमिटेडको १९ औ वार्षिक साधारण सभा बागमती प्रदेश कृषि संघका अध्यक्ष डिल्ली प्रसाद पाठकको प्रमुख आतिथ्यतमा सम्पन्न भएको छ । 
प्रमुख अतिथी पाठकले साना किसान सहकारीले बास्तविक गाँउका किसानलाई धेरै राहत प्रदान गरेको बताए । तरकारीको बिउ, मल, आर्थिक रुपमा समेत कृषिकहरुलाई प्रदान गर्दे आएको, कृषकहरुको आर्थिक अबस्था उकास्नका लागी कृषि क्षेत्रमा लगानी गर्दै आएको पाठकले बताए । कार्यक्रममा वडा अध्यक्ष अर्जुन न्यौपाने, सेतिदेवी दुग्ध उत्पादक सहकारी संस्था लि.का अध्यक्ष विदुर कोईराला, पुर्व वडा अध्यक्ष देव प्रसाद कोईराला, दिपक ढोडारी लगायतले मन्तब्य राखेका थिए । 
कार्यक्रममा सहकारीका जेष्ठ सदस्य नक्कली श्रेष्ठ, अशक्त सदस्य रोदा तामाङ्ग, र उद्धब घोरसाईने, विद्यार्थी रसिक अवाल, रमिप गेलाल, उत्कृष्ट कृषक कुमार ढुंगाना, कमला घोरसाईने, हिरामाया तामाङ्ग, कृष्ण प्रसाद पराजुली, भगवती ओझा र कविता दंगाललाई सम्मान गरिएको थियो । संस्थाको वार्षिक प्रतिबेदन अध्यक्ष शालिकराम न्यौपानेले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको आर्थिक बर्ष २०७९÷८० को कुल शेयर पुजीं १ करोड ४२ लाख ३५ हजार, सदस्य संख्या १ हजार १ सय, खुद नाफा ४४ लाख ६८ हजार ७ सय रहेको जनाएको छ । साधारण सभा बाट शालिकराम न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमितीको चयन भएको छ । समितीको उपाध्यक्षमा कृष्णहरु कोईराला, सदस्यहरुमा रमेश घोरसाइृने, रामकृष्ण चौलागाई, राजु चौलागाई, तुलसा न्यौपाने, कृष्ण बहादुर राउत, मणिराम कोईराला, कविराज न्यौपाने, रशिला तामाङ्ग, गोमा घोरसाईने, पञ्चलाल तामाङ्ग, गिता बजगाई र शुशिला थापा निर्वाचित हुनु भएको छ । समितीको लेखा सुपरिबेक्षण संयोजक निरञ्जन गेलाल, सदस्य कृष्ण ढुंगाना र शान्ति तमाङ रहनु भएको छ । कार्यक्रम सञ्चालन प्रवन्धक रमेश घोरासाईनेले र स्वागत मन्तब्य सञ्चालक रामप्रसाद गौतमले राखेका थिए ।