2026 August 26/ 12:09: 52am

धुलिखेल/धुलिखेल अस्पताल (काठमाण्डौ विश्वविद्यालय अस्पताल), दक्षिण कोरियाको सिउल नेशनल युनिभर्सिटी, दक्षिण कोरियाको जेडब्ल्यू लि सेन्टर र नेसोग (नेपाली स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको संगठन) को सहकार्यमा धुलिखेल अस्पतालमा दुई दिने प्रसुती तथा बालरोग सम्बन्धी छैठौं अल्ट्रासाउण्ड, सीटी स्क्यान र एमआरआई एजुकेशन कार्यक्रम सम्पन्न भएको छ । 
    संस्थाका नेपाली संयोजक एवं धुलिखेल अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ तथा मिडिया एवं कम्युनिकेशन चिफ प्रा.डा. सुमनराज ताम्राकारका अनुसार दुईदिने सैद्धान्तिक अनुशिक्षण एवं प्रयोगात्मक (ह्याण्ड्स अन तालीम) कार्यक्रममा नेपाल भरका १ सय ३० जना प्रसुती रोग विशेषज्ञ, रेसिडेन्ट डाक्टर, मेडिकल अफिसर एवं ईन्टर्न डाक्टरहरुले सहभागिता जनाएका थिए । धुलिखेल अस्पताल र दक्षिण कोरियाका करिब एक दर्जन प्रशिक्षकहरुले सैद्धान्तिक एवं व्यावहारिक तालीम प्रदान गरेका थिए । यस अघि सन् २०१६, २०१७, २०१८, २०१९ र २०२२ मा गरि पाँच पटक यस्तै खाले अनुशिक्षण एवं प्रशिक्षण सम्पन्न भएको प्रा.डा. ताम्राकारले बताए ।