2026 June 21/ 02:39: 08am

पनौती/निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन पनौती नगरले विद्यालय स्तरीय  लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । 
प्रतियोगितामा सरस्वतीकुञ्ज मा.वि, प्रथम भएको छ । त्यसै गरी  प्रतियोगितामा काभ्रे ईङ्गलिस मावि दोस्रो र  अरुणेदय मावि तेस्रो भएका छन् । 
प्रतियोगिता प्याब्सनका केन्द्रीय उप महासचिव भिमसेन केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।  प्रमुख अतिथि केसीले विजेताहरुलाई ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो । केसीले निजि विद्यालयले पढाई सगै अतिरिक्त क्रियाकलापमा पनि उतिकै प्राथमिकता दिएको बताउनु भयो । विद्यार्थीहरुमा भएको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले गरिएको प्रतियोगिता जिल्ला स्तरिय र्ने गर्न प्याब्सनलाई सुझाब दिनु भयो । 
प्रतियोगिता प्याब्सन पनौतीका अध्यक्ष विमल न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो । प्रतियोगितामा प्याब्सन जिल्ला अध्यक्ष श्याम भुजेल, केन्द्रीय सदस्य पूर्णकुमार श्रेष्ठ, प्याब्सन काभ्रेका कोषाध्यक्ष वसन्तराज नेपाल लगायतले सहभागि विद्यार्थीहरुलाई धन्यबाद दिदै प्रतियोगितामा हार जितलाई सामन्य रुपमा लिई आगामि दिनहरुमा अझ थप मेहनत गर्न सुझाब दिनु भएको थियो ।  कार्यक्रममा स्वागत मन्तव्य रमेश राजलवटले राखेका राख्नु भएको थियो ।
प्रतियोगितामा कलाकार, निर्देशक राष्ट्रिय संगीतकर्र्मी संघ वागमती प्रदेशका सचिव, नृत्य निर्देशक संघ काभ्रेका अध्यक्ष अमरकृष्ण चन्द तथा मोडल एवं  नृत्य निर्देशक शान्ता कार्कीले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो ।  प्रतियोगितामा प्रथम द्वितीय, तृतीय हुन सफल विद्यालयले जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउने प्याब्सन पनौतीका अध्यक्ष तथा कार्यक्रमका न्यौपानेले जानकारी दिनु भयो । प्रतियोगितामा पनौती प्याब्सन सदस्य विद्यालयका प्र्रिन्सीपल, शिक्षक तथा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । प्रतियोगितामा ८ वटा मावि विद्यालयको सहभागिता रहेको थियो ।