2026 June 21/ 01:04: 02am

शारदा बतासे/धुलिखेल नगरपालिका वडा नम्बर १० शारदा बतासेले वडा भित्र रहेका जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरेको छ । 
सम्मान कार्यक्रममा प्रमुख आतिथ्यता नगर प्रमुख अशोक ब्यान्ज्ले गर्नु भएको थियो । प्रमुख अतिथी ब्यान्जुले नगर भित्र रहेका सम्पुर्ण जेष्ठ नागरिक र एकल महिलालाई सम्मान गर्ने बताउनु भयो । जेष्ठ नागरिकहरुको अभिभावक नगरपालिका भएकाले हर दुख सुखको साथ नगरपालिकाले गर्ने ब्यान्जुले बताउनु भयो । शिक्षा, स्वास्थ्य, खानेपानी र सडक निर्माण गर्नु मात्रै विकास नभएकाले नगर भित्रका नागरिकहरुको जीवनमा परिर्वतन आउनु पनि विकास भएको ब्यान्जुले बताउनु भयो । 
कार्यक्रममा वडा भित्र रहेका १ सय ८४ जनालाई ब्लाङ्केट वितरण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य मछिन्द्र राउतले राख्नु भएको थियो । कार्यक्रमका सभापति तथा वडा अध्यक्ष गोविन्दप्रसाद उपाध्यायले वडाले हरेका वर्ष जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई सम्मान गर्दै आएको बताउनु भयो । स्थानीय सरकार भए पछि कुनै पनि नागरिकलाई समस्या परेमा वडामा आउन आग्रह गर्दै उपाध्याले विकास निमार्णमा सबै वडावासीहरुको सहभागिता आवश्यक रहेको बताउनु भयो । कार्यक्रम वडा सचिब ईश्वरप्रसाद सापकोटाले गर्नु भएको थियो ।