2026 June 21/ 01:04: 03am

बनेपा/नेपाल विद्यार्थी संघको निर्वाचन समयमा नहुँदा खल्तिका ब्यक्तिहरु नियुक्ति गर्ने र नेतृत्व हत्याउने क्रम जिल्लामा रोकिएको छैन । नेपाली काँग्रेसका दुई समुहले अलग अलग ब्यक्तिलाई सभापतिको पत्र थमाउँदै नेपाल विद्यार्थी संघका गतिविधीहरुमा समेत रोक लगाउने प्रयत्न गरेका छन् । 
    ‘पवित्र उदेश्य बोकेर जाजरकोटका भुकम्प पीडितहरुका लागि पारदर्शी रुपमा कार्यकता तथा स्वत स्र्फुत रुपमा क्यु आर कोड सार्वजनिक गरी चन्दा संकलनको आब्हान गरेका थियौं, दुई घण्टामा जम्मा भएको १२ हजार ६ सय २५ रुपैया सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गठन गरेको कोषमा जम्मा गरिदिएका छौं’–नेविसंघ काभ्रेका सभापति नृपेश बादेले भने–‘पार्टीकै सार्थीहरुको दबाबमा प्रशासन मार्फत चन्दा संकलन नगर्न पत्र प्राप्त भए लगत्तै हामीले चन्दा संकलन गर्ने कार्य रोकेका हौं ।’ चन्दा संकलन रोके पनि अन्य सामाजिक कृयाकलाप तथा विपदमा परेकाहरुको सहयोग र उद्धारका कार्यमा निरन्तर सहयोग पु¥याईरहेको सभापति नृपेश बादेले बताए । सामाजिक सञ्जालमा सभापति बादेको पत्र र सहयोग गरेको रकम उल्लेख गर्दै शेयर समेत गरिएको छ । जिल्लामा राहत संकलनमा रोक लगाए पनि केन्द्रिय समितिले भने उक्त राहत संकलनलाई ब्यक्तिगत क्यु आर कोड मार्फत तिब्र बनाईएको छ । 

‘निरन्तर अभियानमा छौ’– सभापति बादे
    नेपाल विद्यार्थी संघ काभ्रेका सभापति नृपेश बादेले नेपाली काँग्रेसको भातृ संगठन निरन्तर अभियानमा रहेको बताए । स्थानीय, प्रदेश र संघको निर्वाचनमा एक वर्ष अघि पार्टीले दिएको निर्देशन अनुरुप सक्रिय रुपमा निर्वाचन परिचालन कमिटी मार्फत पार्टीले टिकट दिएका उम्मेदवारहरुलाई जिताउन सक्रिय भएको सभापति बादेले बताए । त्यसको अलावा संघको स्थापना दिवसका अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान, अपाङ्गता भएका तथा अशक्त ब्यक्तिहरुलाई खाद्यान्न, लत्ता कपडा उपलब्ध, कोभिड महामारीमा स्वास्थ्य सामाग्रीको सहयोग, उपचार, ब्यवस्थापन र क्वारेन्टाईनमा सहयोग, रक्तदान लगायतका सामाजिक कृयाकलापमा सहयोग, निशुल्क स्वास्थ्य शिविर, शुभकामना आदान प्रदान तथा सम्मान लगायतका थुप्रै कार्यक्रमहरु संचालन गरिएको सभापति बादेले बताए । 
    सभापति बादेको नेतृत्वकालमा स्ववियु निर्वाचनमा नेविसंघले सफलता हासिल पारेको थियो । कमजोर संगठन भएका क्याम्पसहरुमा समेत प्रभावकारी उपस्थिती देखाएको नेविसंघले काठमाडौ विश्वविद्यलायमा भएको विद्यार्थी कल्याण परिषद्को निर्वाचनमा समेत सक्रियता पूर्वक सहभागिता जनाउँदै सफलता हासिल पारेको थियो । तत्कालिन समयमा माओवादी शान्ति प्रकृयामा आए लगत्तै तत्कालिन नेविसंघका नेता रहेका नृपेश बादे लगायत विभिन्न दलका १२ जना नेताहरुलाई धम्कि सहितको वारेन्ट काटिएको थियो । तर पनि बादे सक्रियपुर्वक राजनीतिमा छन् । अहिले उनी बनेपा नगरपालिका वडा नम्वर ९ का अध्यक्ष हुन् । 

को हो सभापति ? 
    नेपाल विद्यार्थी संघ काभ्रेमा दशकौ देखि नेतृत्व हत्याउने होडबाजी चलेको छ । तत्कालिन सभापति माधव ढकाल सभापतिबाट केन्द्रिय सदस्य भए लगत्तै कार्यवाहक सभापति भएका बनेपाका नृपेश बादे २०७५ भाद्र ४ गते सम्पन्न क्षेत्रिय सभापति लगायतका प्रतिनिधिहरुको सर्वसम्वत भेलाबाट सभापति भए । उनि केन्द्रिय सदस्य मधु आचार्य र गणेश लामा तथा क्षेत्रिय सभापति महेश खरेल र प्रदेश सभापति कञ्चनचन्द्र बादे निकट हुन् । निरन्तर सभापति रहेका बादेले २०७४ मा सम्पन्न निर्वाचन तथा २०७९ मा सम्पन्न तीन तहकै निर्वाचनमा सक्रिय भूमिका खेले । 
    नेपाली काँग्रेसमा रहेको अर्काे समुहले बादे सभापति हुँदा हुँदै अधिबेशन नै नगरी केन्द्रमा नैनसिंह महर सभापति भएका बखत प्रेम तामाङलाई सभापति बनाएको पत्र बोकेर आयो । उक्त समुहको सभापति प्रेम तामाङ भए पनि खासै कार्यक्रम आयोजना गर्ने भूमिका देखाएनन् । त्यतिबेला पनि पार्टीको आधिकारीक समुहले बादेलाई नै सभापति मानिरह्यो । त्यतिबेला मधु आचार्य जिल्ला सभापति थिए । नेविसंघको केन्द्रमा र पार्टीको जिल्लामा सभापति परिवर्तन भएको केहि समय पछि जिल्ला अधिबेशन गर्ने निर्णय सार्वजनिक भयो । ४५ दिन भित्र अधिबेशन गर्ने सहमति भए पनि २०७९ को निर्वाचनले जिल्लामा अधिबेशन हुन सकेन । त्यतिबेला पनि दुबै समुहले बादेलाई नै सभापति मान्यो । जब निर्वाचन सकियो तब काँग्रेसको एउटा समुहले केन्द्रिय सदस्यद्धय आचार्य र लामालाई कारवाहीको सिफारिस गर्दै नेविसंघको सभापतिमा २०७९ पुष ५ गते पाँचखालका अञ्जनराज खतिवडालाई नियुक्ति गरेको पत्र सार्वजनिक ग¥यो । 
    तर पनि सभापति बादेले आफ्नो मर्यादा कायम राख्दै सभापतिको हैसियतमा कार्य गरि नै रहेका छन् । पछिल्लो समय २०८० कार्तिक १८ गते नृपेश बादे सभापति रहेको लेटरप्याडमा विज्ञप्ती प्रकाशित गरिएको छ । काँग्रेसजनमै नेविसंघको सभापति को हो ? अन्योल बढेको बताईएको छ भने काँग्रेस भित्र भने गुट अनुसारका फरक फरक सभापति भएकाले अन्य भातृ संगठन र जिल्लामै पनि समानान्तर समिति किन नबनाउने ? भन्ने प्रश्न कार्यकर्ताहरुलाई उठाएका छन् । काँग्रेसको एउटा समुह अहिले त्यसकै तयारीमा जुटेको श्रोतले बतायो ।