2026 June 21/ 01:34: 07am

    बनेपा/नोबेल बचत तथा ऋण सहकारी संस्थाको उपनिर्वाचनबाट राजकुमार विष्ट अध्यक्ष पदमा निर्वाचित भएका छन् । संस्थाको खाली रहेका पदहरुमा उपनिर्वाचनबाट उपाध्यक्षमा विजेश कुमार पोटे कोषाध्यक्ष भिम कृष्ण श्रेष्ठ, सदस्य आषिश कोजु, मिना श्रेष्ठ र लेखा समिति संयोजक नारायण कृष्ण बनेपाली श्रेष्ठ निर्वाचित भएका छन् । 
    संस्थाको साधारण सभाको प्रमुख आतिथ्यता काभ्रेपलाञ्चोक जिल्ला बचत सघंका अध्यक्ष उदयराम कायस्थले गर्नु भएको थियो । प्रमुख अतिथी कायस्थले सहकारीहरुमा तीनवटा कुराले समस्यामा परेको बताउनु भयो । सहकारीका सञ्चालकले रकम अपचलन गरी ऋण लिएर भुक्तानी नगरेका कारण, दोस्रो कर्मचारीका कारण र तेस्रो संस्थाले जग्गा, मिटर ब्याजमा लगानी तथा सञ्चालकमा मनमुटाब भएका कारण समस्या परेको बताउनु भयो । सहकारीको ऐन र नियम अनुसार नेटवर्क, हार्डवर्क र टिम वर्क मार्फत सञ्चालन भएकामा कुनै समस्या नरहेको प्रमुख अतिथी कायस्थले बताउनु भयो । सहकारीले गर्दा सदस्यहरुको ब्यापार ब्यवसाय गर्न सहयोग पुगेको, बैकको भन्दा कारोबार गर्न सहज रहेकोले सहकारीका सदस्यहरु पनि सचेत र खबरदारी गर्नु पर्ने बताउनु भयो । 
    कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन सचिब तथा कार्यवाहक अध्यक्ष मोहनकुमार श्रेष्ठले आर्थिक प्रतिबेदन कोषाध्यक्ष राजकुमार विष्टले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको आर्थिक वर्ष २०७९÷२०८० को कुल शेयर पुजीं १ करोड ८९ लाख १४ हजार, बचत ६९ करोड ३५ लाख २३ हजार, कर्जा लगानी ११ करोड ६७ लाख ९८ हजार, कुल नाफा १४ लाख ५३ हजार रहेको जनाएको छ । कार्यक्रममा एसईई २०८० मा उतिर्ण बाल सदस्य, उत्कृष्ट ऋणी, बचतकर्ता लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका सञ्चालक सदस्य कमलप्रसाद कुईकेल, रेडियो प्रशारक सघं काभ्रेका संयोजक रमेशप्रसाद न्यौपाने लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो स्वागत मन्तब्य सञ्चालक सदस्य प्रमिला चण्डी श्रेष्ठले राख्नु भएको थियो । कार्यक्रमको सभापतित्व संस्थाका कार्यवाहक अध्यक्ष मोहनकुमार श्रेष्ठले गर्नु भएको थियो भने सञ्चालन प्रबन्धक नारायण गोपाल श्रेष्ठले गर्नु भएको थियो ।