पनौती/२२ औं स्थापना दिवसको उपलक्ष्यमा इन्द्रेश्वर क्याम्पस, पनौतीमा भाद्र ५ गतेबाट खेलकुद सप्ताह सुरु भएको छ ।
क्याम्पसमाम अध्ययनरत विद्यार्थीहरु विच हुने खेलकुद प्रतियोगितामा फुटसल, टेवलटेनिस, व्याटमिन्टन, चेस, डोरी तान्ने लगायतका खेलकुदको आायोजना गरि खेलकुद सप्ताह हुने क्याम्पस प्रमुख श्रीकुमाार सुवालले जानकारी दिए । क्याम्पस सभा हलमा भएको चेस प्रतियोगिता क्याम्पस प्रमुख श्रीकुमार सुवालबाट खेलाडीलाई चेस हस्ताण्तरण गरिएको थियो । पनौती कभर्डहलमा भएको ब्याटमिन्टन प्रतियोगिता क्याम्पसकका अध्यक्ष तुयुकाजी ताम्राकारले रेफ्ररी सिजन सुद्दाकारलाई ब्याट हस्तान्तररण गरि खेल शुरु गरिएको छ । ब्याटमिन्टन प्रतियोगितामा क्याम्पसमा अध्ययनरत १६ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई भाद्र १० गतेको दिन हुने स्थापना दिवसको उपलक्ष्यमा पुरस्कृृत गरिने छ ।









