बनेपा/प्रतिभा सम्मान प्रवन्ध गुठी नेपाल समाचारपत्रकी वरिष्ठ पत्रकार भगवती तिमल्सिना सहित तीन जना वरिष्ठ महिला सञ्चारर्कीलाई सम्मान गरेको छ ।
पत्रकारीता क्षेत्रबाट समग्र समाजमा उल्लेख्य योगदान पु¥याएको भन्दै गुठीले वरिष्ठ सञ्चारकर्मी तिमल्सिना सहित कृष्णा ताम्राकार र सृजना दुवाललाई सम्मान गरेको हो । बनेपामा आयोजित विशेष सम्मान कार्यक्रममा प्रमुख अतिथि सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सम्मानित व्यक्तिवलाई दोसल्ला, ताम्रापत्रका साथै नगद १५ हजार रुपैया प्रदान गरेका थिए । प्रतिभा सम्मान गुठीले समाजमा विशेष योगदान पु¥याउने व्यक्तिहरुलाई हरेक वर्ष सम्मान गर्दै आएको छ । सम्मानित व्यक्तित्व तिमल्सिना २५ वर्ष देखि पत्रकारीता क्षेत्रमा क्रियाशिल छिन् भने ताम्राकार २०१८ सालदेखि रेडियो नेपालमा हिन्दी र नेपालीमा समाचार वाचिकाका रुपमा क्रियाशिल थिईन् । अर्की सम्मानित व्यक्तित्व दुवाल हाल नारी मासिकको सम्पादक छिन् ।
रेडियो नेपालमा समाचारवाचिकाको रुपमा निकै प्रख्यात रहेकी सम्मानीत व्यक्तित्व ताम्राकारले रेडियो नेपालमै रसरंङ्ग, हाजिरीजवाफ जस्ता लोकप्रिय कार्यक्रम सञ्चालन गरेकी थिईन् । विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय एवार्डबाट समेत सम्मानित भैसक्नु भएकी ताम्राकारले मृत्युपछि आखा दान गरौं भन्ने अभियान विगत २० वर्ष देखि सञ्चालन गर्दै आएकी छिन् । ८२ वर्षिया क्यान्सर रोगी ताम्राकारले पंक्षि संरक्षण लगाएत विभिन्न स्वास्थ्य सम्बन्धि चेतनामुलक अभियान पनि सञ्चालन गरिरहेकी छिन् । सम्मानित व्यक्तित्व तिमल्सिना पत्रकारीता बाहेक विभिन्न सामाजिक संघ संस्था मार्फत समाजमा उल्लेख्य योगदान पु¥याईरहेकी छिन् । सम्मानित व्यत्तित्व दुवाल साहित्य क्षेत्रमा पनि चर्चित नाम हो । उनले स्कुलमा अध्ययन गर्दा १० वर्षको उमेर देखि नै पत्र पत्रिकामा साहित्य सृजना गरेकी थिईन् । सम्मानीत तीनै जना महिला सञ्चारकर्मीले समाजमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै संचार तथा सूचना प्रविधि मन्त्री बास्कोटाले योगदानको सरकारले पनि कदर गर्ने बताए । सम्मानित व्यक्तिले न लोकतन्त्र, न प्रविधि, न प्रशस्त मिडिया, न पर्याप्त तलब भएको बेला देखि पत्रकारीता क्षेत्रमा लागेर संघर्षमय जिवन विताउदै समाजमा योगदान पु¥याएको बताउँदै मन्त्री बास्कोटाले भने – ‘उहाँहरु अझै क्रियाशिल हुनुहुन्छ यो गर्वको कुरा हो ।’
कार्यक्रमका विशिष्ठ अतिथि नेपाल समाचारपत्रका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठले सम्मानित व्यक्तित्वहरुले समाजमा पु¥याएको योगदानको कदर भएको प्रति खुशी व्यक्त गरे । संघर्षमय जिवन विताउँदै पत्रकारीता क्षेत्रबाट समाजमा उल्लेख्य योगदान पु¥याउने व्यक्तित्वलाई राष्ट्रले पनि सम्मान गर्नुपर्ने बताए । प्रतिभा सम्मान प्रवन्ध गुठीले विभिन्न क्षेत्रबाट समाजमा उल्लेख्य योगदान पु¥याउने ख्याति प्राप्त व्यक्तिवलाई हरेक वर्ष सम्मान गर्दै आएको बताउदै गुठीका अध्यक्ष मोहन दुवालले काम गर्नेलाई सम्मान गरौं भन्ने भावना सबैमा पलाउनु पर्ने बताए । हिरा शर्माले संचालन गरेको कार्यक्रममा राजु सरकारले सम्मानित ब्यक्तित्वहरुको परिचय गराएका थिए भने विधान जोशीले धन्यवाद दिएका थिए ।









