2026 September 06/ 09:10: 13pm

                 १० वर्ष पुरा भई ११ प्रवेश गरेकी, ११ पुरा भएर १२ प्रवेश गरेकी र १३ वर्षको उमेरमा दौडिरहेका तीन नाबालिकामाथि जबर्जस्ती करणी उद्योगको अभियोगमा तीन जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । ९ र १० बर्षका दुई बालिकालाई कोठामै बोलाएर करणी गर्ने भारितय नागरिक पनि पक्राउ परेका छन् । 
    बनेपा/काभ्रेपलाञ्चोकमा तीन नाबालिकामाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा तीन जनाविरुद्ध अभियोगपत्र दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काभ्रेपलाञ्चोकले जिल्ला  अदालतमा जबरजस्ती करणी उद्योग समेतको अभियोगमा मुद्दा अघि बढाएको हो । 
    इलाका प्रहरी कार्यालय बनेपाले जन्मदिन मनाउन जम्मा भएका आफ्नै साथीहरुले जंगलमा पु¥याएर बेहोस पार्ने छ्याङ्ग खुवाएर जर्बजस्तिकरणी गरेको अभियोगमा युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको थियो । पाँचखाल १ का २४ बर्षिय जीवन तामाङ, तेमाल ९ का १९ बर्षिय विजय दोङ र पाँचखाल १ का २३ बर्षिय रविन तामाङलाई जबरजस्ती करणी उद्योगमा पक्राउ गरि अनुसन्धान शुरु गरिएको छ । बनेपा बजारबाट अलिक माथी चाईना टाउन हुँदै मगर गाउँ जाने बाटोबाट जंगलमा पु¥याई युवाहरुको एक समुहले तीन बालिकाहरुलाई छ्याङ्ग खुवाएर जर्बजस्ती करणीको प्रयास गरेका थिए । ६ जना युवाहरुको समुहले ३ बालिकाहरुलाई नशालु पदार्थ दुई बोतल छ्याङ्ग खुवाएर लठ्ठ बनाएका थिए । उनिहरु लठ्ठ भए पछि युवाहरुले बालिकाहरुलाई क्रमशः करणीको प्रयास गरेको बालिकाहरुले प्रहरीमा दिएको बयानमा उल्लेख गरिएको छ । 
    बालिकाहरु १०, १२ र १३ वर्ष उमेरका छन् । बालिकाहरु र युवाहरुले सँगै चुरोट खाएको बयानमा भनेका छन् । चाईना टाउनमा सँगै चाउचाउँ साँधेर खाएको, त्यस पछि मगरगाउँ माथीको जंगलमा गएको, त्यहाँ गएर बसे पछि दुई जना बजारमा छ्याङ्ग किन्न झरेको, दुई जम्बो बोतल छ्याङ्ग लगेर सबैले मिलेर खाएको बयानमा उल्लेख छ । २०८३ साउन १३ गतेको घटना थियो । उनिहरु मध्ये एकजनाको जन्म दिन पनि थियो । जन्म दिन पनि मनाउने र रमाईलो पनि गर्ने योजनामा उनिहरुको समुह जंगलमा गएको बताईएको छ । २०८३ भदौ ४ गते सरकारी वकिलको कार्यालयले उक्त अभियोग जिल्ला अदालतमा दर्ता गरेको थियो । पक्राउ परेकाहरुलाई अदालतले पुर्पक्षका लागि थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको छ । ति मध्ये एक बालिकाले आफुलाई करणी समेत गरेको बयान दिएकी छिन् । अभियोगपत्रअनुसार घटनामा काभ्रेपलाञ्चोकका तीन जना पुरुषलाई प्रतिवादी बनाइएको छ । पीडितहरूले घटनाबारे प्रहरीसमक्ष दिएको विवरण, घटनास्थल मुचुल्का, स्वास्थ्य परीक्षण प्रतिवेदन, मानिस पक्राउसम्बन्धी कागजात तथा अन्य प्रमाणलाई आधार बनाएर अभियोजन अघि बढाइएको उल्लेख छ । घटनास्थलबाट विभिन्न सामग्री तथा मोटरसाइकलसमेत बरामद गरिएको छ । 
    पाँचखाल नगरपालिका १२ बकुलटारमा डेरा गरी बस्ने ४१ बर्षिय उमेश सहनीले त्यहि घरमा रहेकी नाबालिकाहरुलाई २०८३ साउन १३ गतेकै दिन जर्बजस्तिकरणीको प्रयास गरेका छन् । बाबुलाई साथी बनाएर छोरीलाई गिद्दे नजर लगाउने सहनी पक्राउ परेका छन् । सहनी १० वर्ष अगाडी देखि इट्टा भट्टामा काम गर्दै आएका थिए । ९ बर्षिया र १० बर्षिया बालिकालाई सहनीले दिउसो बाहिर खेलिरहेको समयमा खाजा खुवाउने, पैसा दिने भन्दै डेरामा लगेर योनीमा औला पसाएर जर्बजस्ति करणीको प्रयास गरेका थिए । उनी पक्राउ परेका छन् ।