2026 August 20/ 01:47: 53pm

    बनेपा/काठमाडौं विश्वविद्यालय ग्लेसियर कलेज बनेपाले विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । साथै उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । 
    कलेज ब्यवस्थापन समितिका अध्यक्ष भोला थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एशोसिएट डिन डा.खगेन्द्र आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रिन्सिपल इन्दु थापा, कलेज हस्पिटालिटी कोअर्डिनेटर आशा थापा मगर, कोअर्डिनेटर अनुप विष्ट, धुलिखेल लज रिसोर्टकी जुलिया माकजु, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, विद्यार्थी झलकमान विक लगायतले ब्याचलर अफ प्रोफेसनल हस्पिटालिटी कार्यक्रमले पारेको प्रभाव, विद्यार्थीहरुको चाहना र सम्भावित अवसरका बारेमा धारणा राखेका थिए । 
    काभ्रेको बनेपामा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बेलर इन्टरनेशनल एकेडेमिमा ब्याचलर लेभलको होटेल म्यानेजमेन्ट सम्बन्धि बिपिएच (ब्याचलर अफ प्रोफेसनल हस्पिटालिटी) कार्यक्रम २०७८ सालबाट शुरु भएको हो । जिल्ला र आसपासका ईच्छुक बिद्यार्थीहरुको भबिष्यलाई मध्यनजर गरी बिपीएच कार्यक्रम शुरु गरिएको प्रिन्सीपल ईन्दु थापाले जानकारी दिइन् । अध्ययन र अवसरसँगै हुने गरी कार्यक्रम प्रभावकारी भईरहेको उनले बताईन् । 
    काठमाण्डौ बिश्वबिद्यालयको स्वीकृत शैक्षिक कार्यक्रम अन्तर्गत रही ग्लेसियर एजुकेशनल फाउन्डेशनले बेलर केयू शैक्षिक सत्र २०२१÷२०२२ देखी बिएचएम कार्यक्रम अन्तर्गत प्रति वर्ष ३० जना बिद्यार्थीहरु भर्ना लिदै आएको थियो । यो शैक्षिक सत्रका लागि विश्वविद्यालयको नियम अनुसार थप २ गरी ३२ जना विद्यार्थी भर्ना भएका छन् । भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण गरिएको प्रिन्सीपल थापाले जानकारी दिइन ।
    सर्भिस क्षेत्रमा विद्यार्थीहरुको बढ्दो आकर्षण भएपनि होटल मेनेजमेण्ट गरे पछि दक्षता हासील स्नातक तहको शिक्षा आर्जन गर्न राजधानी धाउनु पर्ने वा अरू नै विषय रोज्नु पर्ने बाध्यता उक्त कार्यक्रमबाट कम भएको विद्यार्थी झलकमान विकले बताए । प्रयोगात्मक विषय भएकाले स्वदेश, विदेश वा कुनै पनि स्थानमा रहेर आत्मनिर्भरता बन्न मद्दत पुग्ने हुँदा युवाहरूको यस क्षेत्रमा आकर्षण बढेको छ ।
    चारवर्षे कोर्स पुरा गरुन्जेल विद्यार्थीहरुले प्रयोगात्मक अभ्यासमा काम गर्दा आउने रकमलाई जोगाउन सके  बिद्यालय र बिश्वबिद्यालयमा तिर्ने शुल्क कम लाग्ने बिपीएचका कोडिनेटर अनुप विष्टले जानकारी दिए । काठमाडौ विश्वविद्यालय स्कुल अफ म्यानेजमेण्टले तोकिएको मापदण्ड अनुसार शैक्षिक कार्यक्रमको सुपरिवेक्षण तथा रेखदेख गर्ने छ । पर्यटन क्षेत्रले विश्वभर आर्थिक समृद्धि हासिल गरिरहेको सन्दर्भमा उक्त विषयको अध्ययनले झनै सहज भएको अध्यक्ष भोला थापाले बताए ।