2026 August 19/ 01:02: 00pm

    बनेपा/बनेपा नगरपालिकाले नगर भित्र रहेका ८० र ८१ वर्षका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा प्रदान गरी सम्मान गरेको छ । 
    जेष्ठ नागरिकहरुलाई कम्मल र ब्लाङ्केट प्रदान गरिएको नगर प्रमुख शान्तिरत्न शाक्यले बताए । नगरले विगत ५ वर्ष देखी जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै आएको शाक्यले बताए । नगरले जेष्ठ नागरिकहरुका लागी जेष्ठ नागरिक आश्रम, निशुल्क, दाँत परिक्षण तथा नयाँ राख्ने,मोतिन्दिुबो अप्रशेन, स्वास्थ्य विमा, स्वास्थ्य परिक्षण लगाएतको सेवा निशुल्क गर्दै आएको बताए । ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण र संबद्र्धनका लागि काम गर्दै आएको शाक्यले बताए ।
     कार्यक्रममा उप प्रमुख विमला सापकोटा दाहालले जेष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको लागि मार्गदर्शन रहेको बताईन् । जेष्ठ नागरिकको जीवनलाई सहज, सुरक्षित र सम्मानित बनाउन जेष्ठ नागरिक नीति, कार्यनीति तथा दीर्घकालीन अवधारणा जेष्ठ नागरिक कार्ययोजना, जेष्ठ नागरिक नगर मन्च, वडा जेष्ठ नागरिक मन्च स्थापना गरिएको सापकोटाले बताईन् । सापकोटाले आफ्ना सन्तानबाट चल्दै आएको ज्येष्ठ नागरिक प्रतिको संरक्षण र सम्मानमा पछिल्लो समयमा विचलन आउन थालेको, परिवारबाट एकल परिवारमा बस्ने चलन बढ्दै गएको परिवेशमा आर्थिक, सामाजिक र मानसिक रूपमा ज्येष्ठ नागरिक रमाउने वातावरणमा ह्रास आउँदै गएको सापकोटाले बताईन् । जुन बेला शारीरिक असक्तता, परनिर्भरता र आशामा बाँच्नुपर्छ त्यही बेला हेँला, घृणा र दुव्र्यवहारको सिकार बनेका घटना पनि समाजमा बढ्दै गएको र  अधिकांश ज्येष्ठ नागरिक बाल्यवस्था जस्तै वृद्ध पनि माया, ममता स्नेह र आधारभूत आवश्यकतामा परनिर्भर हुने उमेरमा त्यसको ठिक उल्टो ज्येष्ठ नागरिक परिवारबाटै अपहेलित हुन पुगेको सापकोटाले बताईन् । कार्यक्रममा नगरपालिकाले २ सय भन्दा माथी जेष्ठ नागरिकहरुलाई सम्मान गरेको थियो । 
    कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पोषण लामिछाने, वडा नम्बर १ का वडा अध्यक्ष कमल घिमिरे, जेष्ठ नगारिक मञ्च बनेपाका पुर्व कोषाध्यक्ष उदय केसी लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सभापतित्व जेष्ठ नागरिक मञ्च बनेपाका उपाध्यक्ष शान्ति कार्कीको सभापतित्वमा भएको थियो भने सञ्चालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अधिकृत भगवती तामाङले गरेकी थिईन् ।