2026 August 23/ 04:56: 55pm

    बनेपा/प्रहरीले फोटो, भिडियो र सामाजिक सञ्जालमा प्रयोग गरिएका तस्विरहरुको आधारमा ५ सय भन्दा धेरै ब्यक्तिहरुको पहिचान गरिसकेको छ । पहिचानका आधारमा केहिलाई पक्राउ पनि गरिसकेको छ भने केहिलाई पक्राउ गर्ने क्रम शुरु गरेको छ । 
    सार्वजनिक तथा ब्यक्तिगत सम्पत्ति तोडफोडमा विभिन्न क्षेत्रका ब्यक्तिहरु संलग्न भएको तस्विर तथा भिडियो सार्वजनिक हुने क्रममा मालपोत कार्यालय काभ्रेमा लेखापढी ब्यवसाय गर्दै आएका पनौती ३ कुशादेवी ओढारेका युवक अनिश सापकोटाको तस्विर सार्वजनिक गरिएको छ । उनि विरुद्ध सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गरेको अभियोगमा स्थानीयले प्रहरी कार्यालयमा उजुरी गरेका छन् । बाबु बलराम सापकोटा पनि लेखापढी तथा कानून ब्यवसायीका रुपमा कार्यरत छन् । आन्दोलन चकँदै गए पछि अनिश सापकोटा सहितको समुह सार्वजनिक र ब्यक्तिगत सम्पत्ति तोडफोडमा उत्रिएको भिडियो र तस्विरहरु सार्वजनिक भएका छन् । 
    त्यस्तै पनौतीमा भएको ध्वंसात्मक आन्दोलनमा सक्रिय तथा उक्साहटमा संलग्नहरुको गोप्य विवरण पनि प्रहरीलाई बुझाईएको छ । बनेपा घर भएका पुण्य मावीका शिक्षक विनोद पौड्याल, पनौती रास्वपा नगर सभापति विवेक भट्टराई, पनौतीकै सुर्दशन तिमल्सिना लगायतको नाममा उजुरी दर्ता भएको छ । पनौती, बनेपा र धुलिखेल लगायत जिल्लाका विभिन्न क्षेत्रमा भएका तोडफोडमा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु समेत संलग्न रहेको खुलेको छ । प्रहरीले पहिचान खुल्नेहरुको विवरण उपलब्ध गराउन अनुरोध गरिरहेको छ । धुलिखेलमा आगजनी र तोडफोड गर्ने तथा सामाजिक सञ्जाल मार्फत उक्साउनेहरु विरुद्ध पनि उजुरी दर्ता भएको छ । घटनामा संलग्नहरुको पहिचान र उजुरी गर्ने क्रममा पहिलो चरणमा धुलिखेल ४ बस्दै आएका टिपर चालक महेन्द्र लामाको पहिचान भएको छ । उनको तस्विर सहित प्रहरीमा उजुरी गरिएको छ । उनी सामाजिक सञ्जाल मार्फत उक्साउने तथा आक्रमणमा रहेको भिडियो र तस्विरहरुले पहिचान दिएका छन् । त्यसअघि धुलिखेलमा मिसन धुलिखेल, धुलिखेल सरोकार जस्ता सामाजिक सञ्जाल संचालन गर्ने ब्यक्तिहरुको पनि पहिचान गरिएको छ । उनिहरु नियोजित रुपमा नै नगर प्रमुख ब्याञ्जु माथी आक्रमण गर्ने योजनामा रहेको तथ्य खुलेको छ । त्यस्तै धुलिखेल ९ का सुशिल रानाभाट रहेका छन् । उनी जनप्रतिनिधिका श्रीमान समेत हुन् । उनले आफु आन्दोलनमा सहभागी भएको तर तोडफोड नगरेको बताएका छन् । त्यस्तै धुलिखेल ३ घर भएका अजय लामा, धुलिखेल ८ घर भएका अनिल लामा, श्याम वाईवा लगायतको समुहको नामावली तस्विर र भिडियो सहित सार्वजनिक गरिएको छ । रिकेश टक्सारी, विजय खड्गी लगायतका ब्यक्तिहरुले पनि नगर प्रमुख ब्याञ्जुको घर आगजनीमा सहयोग गरेको देखिएको छ । ¥याम्पल स्याङतानले सामाजिक सञ्जाल मार्फत धम्कि दिएका छन् । चन्द्र लामा, रुपेश श्रेष्ठ, रञ्जित लामा लगायतको नाम सार्वजनिक भएको छ । भिडियो र सिसी क्यामेराको सहायतामा थप ब्यक्तिहरुको पहिचान गर्ने र उजुरी गर्ने क्रम शुरु गरिएको छ । नगर प्रमुख ब्याञ्जु आवास पूर्ण रुपमा ध्वस्त भएसँगै शरण लिएर बसेका छन् । त्यस्तै धुलिखेल ४ का पदम तिमल्सिना, एमआरपी निरोज, सुमन रानाभाट लगायतले पनि अशोक ब्याञ्जुको घरमा तोडफोड तथा आगजनी गर्ने वातावरण निर्माण गरेको प्रमाण उपलब्ध गराईएको छ ।
    घटनाको विरोध गर्दै धुलिखेल नगरपालिका भित्रका १२ वटै वडाका अध्यक्षहरुले संयुक्त विज्ञप्ती प्रकाशन गरी दोषिहरुको पहिचान र कडा कारवाहीको माग गरेका छन् । साथै नगरपालिकाले पनि घटनाको विरोध गर्दै दोषिको पहिचान सहित कारवाहीको माग गरेको छ । 
ध्वंसात्मक पछिको काभ्रे 
अपडेट : २०८२ असोज १ बुधबार, दिउँसो २ बजेसम्म

नागरिकको मृत्यु 
१)  तेमाल ७ का ४२ बर्षिय दिलनारायण तामाङ (मजदुरीबाट फर्कदै गर्दा ) 
२)  भुम्लु ४ का २७ बर्षिय सरोज खत्री (गंगा दाहालको घर भित्र जलेर ) 
३)  चौरीदेउराली गाउँपालिका ६ घर भई हाल चितवन कालिका नगरपालिकामा अस्थायी बसोबास र काठमाडौ महानगरपालिका गौशाला ८ मा बस्ने १९ बर्षिया निकिता गौतम (घरको छतमा बसिरहेका बेला छातीमा गोली लागेर) 

क्षति तथा आगजनी 
सरकारी संरचना

१)  कारागार कार्यालय, काभ्रे
२)  बनेपा नगरपालिका (पुर्ण क्षति) 
३)  ईलाका प्रहरी कार्यालय, बनेपा (पूर्ण क्षति)
४)  ट्राफिक प्रहरी कार्यालय बनेपा (पूर्ण क्षति) 
५)  प्रहरी चौकी पाँचखाल (पूर्ण क्षति)
६)  प्रहरी चौकी, पनौती, काभ्रे (आंशिक) 
७)  प्रहरी चौकी हिगुवापाटी, कुन्ताबेशी (पुर्ण क्षति) 
८)  प्रहरी विटहरु (बनेपा, धुलिखेल, पाँचखाल, पनौती, कुशादेवी लगायतका विभिन्न स्थानमा)
९) पनौती नगरपालिका (तोडफोड, आंशिक क्षति ) 

पार्टी कार्यालय
१) नेकपा एमाले, बनेपा
२) नेपाली काँग्रेस, बनेपा

विद्यालय
१) युलेन्स स्कुल, बनेपा ३

निजी संरचना
१) पूर्व मन्त्री गोकुल बास्कोटा (भक्तपुरको घर पूर्ण क्षति) 
२) पूर्व सांसद शिवप्रसाद हुमागाई (पनौती स्थित घरमा तोडफोड, सवारीसाधनमा आगजनी)
३) अशोक ब्याञ्जु, धुलिखेल नगरपालिका प्रमुख (घर पूर्ण रुपमा क्षति)
४) रामशरण भण्डारी, पनौती नगरपालिका प्रमुख (घरमा तोडफोड र लुटपाट)
५) गिता बञ्जारा, पनौती नगरपालिका, उपप्रमुख (घर पूर्ण रुपमा क्षति)
६) भिम न्यौपाने, पूर्व नगर प्रमुख, पनौती नगरपालिका (३ घरहरुहरु पूर्ण रुपमा क्षति)
७) पुरुषोत्तम अधिकारी, वडा अध्यक्ष, पनौती नगरपालिका (लुटपाट र घर तोडफोड) 
८) क्याप्टेन रामेश्वर थापा (पूर्ण क्षति ३ वटा घर) 

बम तथा हातहतियार बरामद
१) बनेपा ९ नयाँबस्तिमा सकेट बम । २०८२ भदौ २५ गते । साँझ । २६ गते विहान निस्क्रिय । 
२) पनौती १ रयालेबाट नेपाली सेना र शशस्त्र प्रहरीद्धारा हतियार बरामद । ब्यक्ति फरार २०८२ भाद्र २६ गते दिउसो गस्तिका क्रममा । उक्त हतियार आन्दोलनका क्रममा प्रयोग गर्ने आशंका । 
३) बनेपा ९ लायकुबाट मण्डनदेउपुर ७ घर भएका सन्तोष श्रेष्ठ कटुवा पेस्तोल सहित ३६ राउण्ड गोली समेत पक्राउ । २०८२ भाद्र २८ गते शनिबार 
४) बनेपा ९ बाट हातहतियारको गोली राउण्ड सहित २०८२ भाद्र २८ र २९ गते ७३० राउण्ड गोली फेला परेको थियो । गोली २०८२ भदौं २४ गते ई.प्र.का.बनेपामा आगजानी गरी लिई गएको बयान दिएका छन् । बनेपा नगरपालिका ९ का अछुत खड्का, सिजन सुवाल, सुबास गौतम, बारा बनौली सखुवा ८ का महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका ६ का सुशान्त लो, तेमाल गाउँपालिका २ का तिमोथी तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका ४ का प्रविन कार्की पक्राउ । 

राजिनामा
१) धुलिखेल उपप्रमुख निराजन जगंम, उपप्रमुख र पार्टी नेपाली काँग्रेस जिलल सदस्यबाट 
२) पनौती १० वडा अध्यक्ष, मोहनबहादुर भण्डारी, पार्टी र पदबाट (फेरी राजिनामा फिर्ता गर्दै काममा) 
३) एमाले र नेपाली काँग्रेस पार्टीबाट केहि नेता तथा कार्यकर्ताको राजिनामा । 

स्थानीयद्वारा प्रतिकार
१) पनौती १ रयाले घर भएका पुस्कर सापकोटा (पनौती २ कुशादेवी चालिसेमा स्थानीयहरुले कुटपिट गरेको ।)