2026 August 23/ 08:52: 13am

    धुलिखेल/राष्ट्रिय दैनिक पत्रिकामा बर्गिकृत विज्ञापन गरी काभ्रेपलाञ्चोक जिल्लाको साविक नाल्दुम बालुवापाटी गाविस ८ को कित्ता नम्वर ३५३ को क्षेत्रफल १ रोपनी ४ आना २ पैसा २ दामको जग्गामा होटल बनाउन लागिएकाले साझेदारको खोजी भन्दै विज्ञापन गरिएको थियो । उक्त क्षेत्र नगरकोटबाट एक किलोमिटर भित्र पर्छ । 
    २०७९ मंसिर १७ देखि २०७९ मंसिर २९ सम्म बन्दै गरेको होटलको लागी लगानीकर्ता वा शेयर पार्टनर चाहियो भन्दै ९८६१२८१०७३ नम्वर राखेर विज्ञापन गरिएको थियो । साउदी अरब बसेर फर्किएका ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नम्वर २५ भैसेपाटी बस्ने ५५ बर्षिय अर्जुनप्रसाद पोखरेलले विज्ञापन अनुसार शेयर पार्टनरका लागि आवेदन दिने निर्णय गरे । साविक नाल्दुम बालुवापाटी गाविस वडा नम्वर २ घर भएका ४० बर्षिय ज्ञानबहादुर तामाङ र उनका बाबु विरबहादुर तामाङले डिल गरेका थिए । प्रहरीले ज्ञानबहादुरलाई पक्राउ गरी अनुसन्धान गरेको छ भने विरबहादुर फरार छन् । 
    उनिहरुले आफ्ना नाममा दर्ता नभएको जग्गा आफ्नै भनेको, लगानी नै नभएको रकम लगानी भएको भन्दै झुक्याएर नक्कली कागजात बनाएको थाहा पाए । फेरी पनि उनिहरुले पोखरेललाई विश्वास दिलाउँदै अन्य ब्यक्तिका नाममा भएको जग्गाको सहमति लिएको कागजात बनाएर बैकिङ्ग ऋण, कम्पनीको शेयर र त्यसको लाभांश तथा शेयर बाँडफाँडको समेत कागजात तयार गरी पटक–पटक गरी २०८० बैशाख महिनाबाट होटल संचालन गर्ने गरी १ करोड ४० लाख रुपैया बुझाए । फेरी पनि उनले रकम थप्न लगाई पोखरेलले २ करोड २७ लाख २६ हजार ५ सय रुपैयाँ पठाए । उनि साउदी अरबमा काम गरेर नै बसे । नेपाल फर्केर होटल, होटलको संरचना नै नभए पछि उनले आफ्नो लगानी फिर्ता मागेका थिए । फिर्ता नदिए पछि उनले ठगी मुद्दा दर्ता गरेको बताए । 
    उता ज्ञानबहादुर तामाङले कित्ता नम्वर ३५३ नम्वरको जग्गा आफ्नो रहेको बयान दिएका छन् । सेन्चुरी बंैक नगरकोट शाखाबाट ऋण लिएर एक तल्लाको फाउन्डेशन निर्माण गरेको भए पनि कोभिड १९ का कारण आर्थिक अभाव भएको, बैंकको ऋण तिर्न नसकिएको र उक्त होटललाई आर्थिक सुधार गरी संचालन गर्ने सोचले बाबु विरबहादुर तामाङको नाममा दर्ता भएको जग्ग ईश्वर बुढाथोकीको नाममा राजिनामा पास गरी ५० लाख लिई बैंकको ऋण चुक्ता गरेका थिए । बाँकी पैसाले होटलको तल्ला थप गर्दै जाने क्रममा कोभिडले संचालन हुन सकेन । होटल निर्माण कार्य पुरा गरी संचालन गर्ने सोच हुँदा हुँदै बानेश्वरको थापा गाउँमा चन्द्र सुर्य प्रिन्ट एण्ड स्टेशनरी संचालन गरिएको थियो । फेरी चन्द्र सुर्य भिलेज स्टे प्रा.लि. नामक कम्पनी दर्ता गरी रिसोर्टको लागि लगानीकर्ता वा शेयर पार्टनर खोजी गर्दै विज्ञापन गरेको बयान दिएका छन् । होटलमा लगानी गरेको तर उनैले होटल संचालन गर्ने बेला विवाद गरेकाले निर्माणको क्रममा रङ लगेको समेत पैसा दिन नसकेको, जग्गा विक्री नभएको, विक्री गरेको ब्यक्तिले पनि रकम दिन नसकेकाले होटलमा लगानी गरेको रकम फिर्ता गर्न नसकेको बताएका छन् ।