2026 September 04/ 04:18: 02pm

    बनेपा/बनेपा हिकारी  किन्डर गार्टेनको २२ औ अभिभावक दिबस तथा २१ औ दिक्षान्त कार्यक्रम शिक्षासेवी तथा त्रिभुवन विश्वविद्यालयका पुर्व प्रध्यापक भोला केसीको प्रमुख आतिथ्यता एवं विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मणिक तुम्रुकको सभापतित्वमा सम्पन्न भएको छ । 
    प्रमुख अतिथी केसीले बालबालिकाहरुलाई उनिहरुको रुचि अनुसार सिकाउनु पर्ने बताए । बालबालिकाहरुलाई हामिले जस्तो शिक्षा प्रदान ग¥यो बालबालिकाहरुले त्यस्तै सिक्ने भएकाले त्यहि अनुसारको सिकाई हुनु पर्ने केसीले बताए । कार्यक्रममा विद्यालयकी प्रिन्सिपल शर्मिला केसीले स्वागत मन्तब्य राखेकी थिईन् । केसीले बालबालिकाहरुको जति बेला बालबालिकाहरुको चौतर्फि विकास हुन्छ, त्यती खेर अभिभावक, शिक्षकहरुको भुमिकाको ठुलो महत्व रहेको बताईन् । २१ वर्ष अघि दिक्षित भएका बालबालिकाहरु आज विभिन्न क्षेत्रमा रहेर काम गरिरहेको बताईन् । किन्डर गार्टेनको मर्म अनुसार नै बालबालिकाहरुलाई सिकाउँदै आएको र प्रत्यक्ष रुपमा बालबालिकाहरुको भावना अनुसार विद्यालयको बाताबरण रहेको प्रिन्सिपल केसीले बताईन् । किन्डर गार्टेनले प्रविधिको प्रयोग सगै जापनिधि प्रविधि मार्फत बालबालिकाहरुलाई अनुसाशन, संस्कार, ब्यबहारिक ज्ञान प्रदान गर्दै आएको बताईन् । कार्यक्रममा २४ जना बालबालिकाहरुलाई दिक्षित गरिएको थियो भने किन्डर गार्टेनमा हाल १ सय २० जना भन्दा बढीले अध्ययन गरिरहेका छन् । दिक्षान्त कार्यक्रममा बालबालिकाहरुले आफ्नो प्रतिभा देखाएका थिए ।