धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लाको प्रजनन दरको अवस्था २.२६ प्रतिशत रहेको छ । जिल्लामा रहेको कुल जनसंख्यामा १५–१९ उमेर समुहका ब्यक्तिहरुले १ हजार महिला मध्ये ३१ जनाले बच्चा जन्माउने गरेका छन् भने २०–२४ वर्ष उमेर समुहका महिलाहरुले ११९ जना सन्तान जन्माई रहेका छन् । २५–२९ उमेर समुहमा सबै भन्दा धेरै १२८ जना, ३०–३४ उमेर समुहमा ८६, ३५–३९ वर्षको उमेर समुहका महिलाहरुले ५४ जना सन्तान जन्माईरहेका छन् । ४०–४४ वर्षको उमेर समुहका महिलाहरुले ३३ र ४५–४९ उमेर समुहका ४ महिलाहरुले सन्तान जन्माईरहेका छन् । बार्षिक कुल प्रजनन दर २.२६ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयले गरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।
जिल्ला स्तरमा जन्मेका बालबालिकाहरु १ लाख ४६ हजार २ सय ५७ रहेको छ । सबै परिदृष्यहरूमा प्रजननदरमा कमी आउने प्रक्षेपण गरिएको छ । उमेर समूह अनुसारको प्रजननदरमा आउने कमीले वास्तवमा बच्चा पाउने उमेर ढिलो हुँदै जाने देखिन्छ । जन्मको समयमा हुने लैङ्गिक अनुपात ११३ बाट वि.सं. २०८८ सालमा ११९ मा बढ्ने देखिन्छ । तत्पश्चात् क्रमशः कमी आएर १०३ बाट वि.सं. २१०८ मा १०७ मा लगभग स्थिर रहने देखिन्छ । मध्यम परिदृष्य अनुसार वि.सं. २०७८ को ५ लाख २७ हजारको जन्म संख्याबाट वि.सं. २१०८ मा ३ लाख ६८ हजारमा ओरालो लाग्दै करिब ३०.२ प्रतिशतले कमी आउने देखिन्छ । सबैभन्दा बढी बच्चा पाउने उमेर २५ हुने देखिन्छ । कुल प्रजननदर १.७२ रहने र बच्चा पाउने सरदर उमेर २९.२ वर्ष रहने देखिन्छ । उच्च परिदृष्य अनुसार वि.सं. २१०८ मा जन्म संख्यामा करिब ३१.७ प्रतिशतले कमी आउने देखिन्छ जसले १.६४ मा ओरालो लाग्ने र बच्चा पाउने औसत उमेर सन् २१०८ मा २९.१ वर्ष रहने देखिन्छ । यस्तै न्यून परिदृष्य जनसंख्या वि.सं. २१०८ सम्ममा ४४.१ प्रतिशतले कमी आउने, १.५२ मा झर्ने र बच्चा पाउने औसत उमेर २९ वर्ष पुग्नेछ ।
मृत्युको प्रवृत्ति प्रक्षेपण गरिए अनुसार सुधार हुँदै महिला पुरुष दुवैको आयु लामो हुनेछ । निःसन्देह लैङ्गिक अन्तर कायम रही पुरुषको आयु महिलाको भन्दा छोटो हुनेछ । तीनओटै परिदृष्यअनुसार मृत्युको संख्या बढ्दै जानेछ । ७० वर्ष नाघेका वृद्धसंख्याको मध्यम परिदृष्यअनुसार वि.सं.२१०८ मा ३ लाख ६ हजारको मृत्यु हुनेछ । न्यून परिदृष्यअनुसार ३ लाख ३६ हजार र उच्च परिदृष्यअनुसार ७५ हजारको मृत्यु हुनेछ । सबै परिदृष्यअनुसार जीवनप्रत्याशा वा औसत आयु बढ्ने देखिन्छ । मध्यम परिदृष्यअनुसार वि.सं. २१०८ मा औसत आयु ७७ वर्ष पुग्नेछ । उच्च परिदृष्यअनुसार औसत आयु ७९.५ वर्ष र न्यून परिदृश्यअनुसार औसत आयु ७४.४ वर्ष पुग्नेछ । मध्यम परिदृष्यअनुसार वि.सं. २१०८ मा शिशु मृत्युदर ७.३ जना प्रति हजार जीवित जन्ममा झर्ने देखिन्छ । बाल मृत्युदर (१÷४ वर्ष) १.७ जना प्रति हजार बच्चामा र पाँच वर्षमुनिका बच्चाहरूको मृत्युदर ८.९ (प्रति हजार जीवित जन्म) मा झर्ने देखिन्छ ।





