धुलिखेल/धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले असोज १०–१२ पछिको वर्षातले खानेपानीको संरचनामा पुगेको क्षति पछिको पुर्ननिर्माणका लागि सहयोगका लागि एशियाली विकास बैकले प्रतिवद्धता ब्यक्त गरेको बताएका छन् ।
धुलिखेल, बनेपा र पनौती नगरपालिकाको साझा खानेपानी आयोजना काभ्रे उपत्यका खानेपानीको असोज ११ र १२ गतेको बर्षातबाट २१ करोड ८० लाख बराबरको क्षती भई खानेपानीको संरचना नष्ट भएकाले त्यसको पुनर्निमाण गर्न एसियाली बिकास बैंकका कन्ट्री डाईरेक्टर एआरएन लगायतका ब्यत्तिहरुसँग भेट गरी सहयोगका लागि पत्र बुझाईएको छ । पुर्ननिर्माण कार्यमा आयोजनालाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको नगर प्रमुख ब्याञ्जुले बताए ।





