धुलिखेल/कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले चालु आर्थिक वर्षका लागि जिल्लामा रहेका १ सय ३५ वडाका लागि उत्पादन प्राथमिकतामा राखेको छ । ‘चालु वर्षमा एक वडा एक उत्पादन अभियानलाई प्रभावकारी रुपमा सम्पन्न गर्नेछांै’– कृषि विकास कार्यालय काभ्रेका प्रमुख एवं बरिष्ठ बाली विकास अधिकृत कुलप्रसाद दवाडीले भने–‘ प्रत्येक पालिकामा रहेका हरेक वडाहरुमा त्यहाँको भुगोल, अवस्था तथा विविधताका आधारमा उत्पादनलाई प्राथमिकतामा राखिनेछ ।’
कृषि विकास कार्यालयले एक वडा एक उत्पादन, खाद्यान्न बाली प्रबद्र्धन, ब्यवसायिक तरकारी खेति प्रबद्र्धन, सुन्तलाजात फलफुल बगैंचा स्थापना तथा सुदृढिकरण, चैते तथा मसिनो धान प्रबद्र्धन, मौरी प्रबद्र्धन, मागमा आधारित जिविकोपार्जन सहयोग, प्राङ्गरिक मल वितरण, यान्त्रीकरण तथा प्रविधि प्रबद्र्धन, साना सिंचाई, उच्च प्रविधियुक्त संरचनामा तरकारी खेति प्रबद्र्धन, बीउ विजन आत्मनिर्भर, स्मार्ट एग्रिकल्चर प्रविधि अवलम्वन कार्यक्रम प्राथमिकतामा छन् । कृषि प्राविधिक कार्य समुहको बैठक, कृषक एवं कृषि प्राविधिकलाई नविनतम् प्रविधि सम्बन्धि तालिम, कृषि तथ्यांक संकलन तथा अद्यावधिक, उन्नत एवं नविनतम् कृषि प्रविधि प्रदर्शन, माटो परिक्षण तथा माटो उपचार सेवा, आकस्मिक बाली संरक्षण सेवा, बाली उपचार शिविर तथा कृषक पाठशाला संचालन हुनेछन् ।
कृषि विकास कार्यालयले प्रस्तावनामा आधारित कार्यक्रममा संचालन गर्न सकिने गरी विभिन्न कार्यक्रम प्रस्ताव गरेको छ । उत्पादन सामाग्री, नर्सरी, श्रोत केन्द्र स्थापना लगायतका योजनाहरुका लागि प्राथमिकतामा राखिएको छ । प्रस्तावित कार्यक्रमहरुका लागि अपर्याप्त जनशक्ति, सूचना प्रविधि सम्वन्धि उपयुक्त पुर्वाधार विकास, साना कृषकहरुको आवश्यकतामा आधारित कृषि प्रसार एवं विकास कार्यक्रमहरु, विभिन्न तहका सरोकारवालाहरु विच प्रभावकारी तथा कार्यमुलक सम्वन्धको विकास, कृषकहरुको साक्षरता दरमा अभिबृद्धि, मागमा आधारितको तुलनामा आपुर्तिमा आधारित कृषि कार्यक्रमहरुको बाहुल्यता लगायतका चुनौती छन् । कार्यालयका कार्यक्रमहरु, प्रगति तथा भएका कृयाकलापका चुनौतीहरुका बारेमा चालु वर्षका कार्यक्रमका सन्दर्भमा कार्यालय प्रमुख दवाडीले जानकारी गराएका थिए । कार्यालय प्रमुख दवाडीले जिल्लाका प्रमुख बालीहरु, विभिन्न आवमा अनुदान प्रवाहको अवस्था, २०८१÷०८१ मा आवेदक तथा साझेदारको अवस्था, स्थानीय तह अनुसार योजना तथा अनुदान रकम प्रवाहको अवस्था, मुख्य कार्यक्रम तथा प्रतिफल, समन्वयमा गरिएका कार्यक्रम तथा अनुभव, आ.व २०८१÷०८१ को स्विकृत बार्षिक बजेट तथा कार्यक्रमहरु, कार्यक्रम कार्यान्वनको मोडालिटी, कार्यक्रम कार्यान्वन कार्ययोजना, समस्या तथा समन्वयका प्रयासहरु र सिकाई तथा अनुभवहरु बरिष्ठ बाली विकास अधिकृत कुलप्रसाद दवाडीले जानकारी गराए ।
त्यस्तै पशु सेवा कार्यालयका निमित्त प्रमुख डा. निशान्त शर्मा गेलालले काभ्रेपलाञ्चोक जिल्लामा पशुपालनको अवस्था, समस्या तथा चुनौतीका बारेमा जानकारी गराएका थिए । कार्यालयले कृषकहरुका लागि उपचार सेवा, परामर्श सेवा, पशुपन्क्षी रोग सर्भिलेन्स, संक्रामक रोग विरुद्धको खोप कार्यक्रम, इपिडेमिक रोग नियन्त्रण, कृत्रिम गर्भाधान, कृषक, कृषि उद्यमीहरुलाई प्रोत्साहन कार्यक्रम, कृषकहरुको क्षमता, सीप विकास तालिम, पशुपालनमा असल अभ्यास प्रवृद्र्धनात्मक कार्यक्रम, पशु आहारा ब्यवस्थापन र अन्य प्राविधिक सेवाहरु उपलब्ध गराउनेछ ।
पाँचखालका प्रमुख विष्णु बोगटीले आर्थिक वर्ष २०८०/०८१ का बारेमा जानकारी गराएका थिए । सहभागीहरुले स्थानीय सरकारसँगको समन्वयमा भएका कार्यलाई अझै प्रभावकारी बनाउन पहल गर्नुपर्ने सुझाव थिए ।





