काभ्रे उद्योग बाणिज्य संघका उपाध्यक्ष सहित ११ जना कारागारमा
धुलिखेल/जिल्ला कारागार कार्यालय काभ्रेमा चैत्र २५ गतेसम्मको तथ्यांङ्क अनुसार ६ जना बैकिङ्क कसुरमा ६ जना कैदीहरु जेल जीवन विताई रहेका छन् । धेरै रकम भएका बनेपाका अनिल थापा छन् । उनि क्यापिटल मर्चेन्ट सहकारीको अनियमित गरेको अभियोगमा जेल सजायँ भोगिरहेका छन् । उनि परिवन्दमा परेर जेल परेका हुन् । अन्य केहिले जेल सजायँ भुक्तान गरिसकेका छन् । केहि अझै फरार छन् ।
गरुढ सहकारीका संचालकहरु पनि जेलमा छन् । लेनदेन अभियोगमा एक जना पक्राउ परेका छन् । भुग्देउ महांकालचौर गाविस २ घर भएका दिपक थापा जेलमा छन् । खड्गबहादुर योञ्जनको निवेदन अनुसार १ करोड जरिवना र ११ कैद तोकिएको छ । २०८० असोज २ गतेको फैसला अनुसार उनी कारागारमा छन् । मिटरब्याज सम्वन्धी कारोवारका कारण घरमा ताला लगाए पछि उनी बेपत्ता थिए । जग्गा र मिटरब्याज सम्वन्धी कारोवारका कारण उनी लामो समय देखि अर्ध भूमिगत थिए । थापा जस्तै थुप्रै ब्यक्ति अहिले त्यहि संकटमा छन् । काभ्रे उद्योग बाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोके पनि अहिले कारागारमा छन् । सहकारीको कारोवार मिलाउन नसक्दा उनी लामो समय देखि फरार सूचीमा थिए । फरार भए पनि उनी सधै प्रशासनसँगको नजिकमा रहेर पनि पक्राउ नपरेको भन्दै आलोचना हुँदै आएको थियो । जिल्ला कारागार कार्यालयमा हाल ११ जना वित्तिय अपराधमा कैद जीवन भुक्तान गरिरहेका छन् ।






