बनेपा, धनेश्वर/पूर्व युवराज्ञी एवं हिमानी ट्रष्टकी अध्यक्ष हिमानी राज्यलक्ष्मी देवी शाहलाई काभ्रेपलाञ्चोक जिल्लामा भब्य स्वागत गरिएको छ । उपत्यकासँग जोडिएको साँगाबाट बनेपाको धनेश्वरसम्म मोटरसाईकल ¥याली सहित हिमानी समर्थक युवाहरुले स्वागत गरेका थिए ।
धनेश्वर आधारभुत विद्यालयमा ट्रष्टको कार्यक्रम आयोजना गरिएको कार्यक्रम मुल समारोह समितिका संयोजक रोशन श्रेष्ठको संयोजकत्वमा गठित समितिले साँगाबाट धनेश्वरसम्म स्वागतका साथै धनेश्वर आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको थियो । ‘हिमानी ट्रष्ट मार्फत धनेश्वर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री उपलब्ध गराईएको छ’–संयोजक रोशन श्रेष्ठले भने–‘धनेश्वरको दर्शनसँगै हिमानी शाह बनेपाको ऐतिहासिक चण्डेश्वरी मन्दिरमा पुजा भएको छ ।’
बन्द भएको विद्यालय पुनः संचालनमा ल्याई एक सय भन्दा धेरै विद्यार्थीहरुलाई निजी विद्यालयको सरह गुणस्तरीय शिक्षा प्रदान गरेको धनेश्वर विद्यालयमा हिमानी शाहले गरेको सहयोगले स्थानीय समुदायलाई समेत विद्यालयप्रति विश्वास बढाउने अध्यक्ष अनिरुद्र थापाले बताए । धनेश्वर मन्दिरको दर्शन, धनेश्वर विद्यालयमा शैक्षिक सामाग्री वितरण पछि हिमानी शाह चण्डेश्वरी पुगेकी हुन् । चण्डेश्वरीको दर्शनसँगै बनेपाका नेपाल सुधार भैलले ब्यक्तिगत लगानीमा निर्माण गरेको नारायणको प्रतिमा उद्घाटन गरिएको छ । बनेपाका समाजसेवी तथा युवा राजनीतिज्ञ उदय सिं मुस्याजुले हिमानी शाहको स्वागतका लागि बनेपा तथा आसपासका युवाहरु सहभागी भएको बताए । सोहि अवसरमा रामगोपाल शेर्पा, उद्धव तिमल्सिना लगायतले विभिन्न संघ संस्थाका तर्फबाट पूर्व युवराज्ञी हिमानी शाहलाई धन्यवाद दिएका थिए ।
जिल्लाका युवाहरुसँग साक्षात्कार सहित जिल्लाका विभिन्न बस्तु स्थितीका बारेमा हिमानी शाहलाई जानकारी गराईएको र उहाँले जिज्ञासा लिएको युवा समाजसेवी मुस्याजुले बताए । धनेश्वरको कार्यक्रम लगत्तै हिमानी शाहलाई राजपरिवार बस्दै आएको जिल्लाको पहिलो रिसोर्ट धुलिखेलको हिमालयन होराईजनमा आतिथ्यता सहितको आराम गराईएको थियो । केहि समयको विश्राम पछि हिमानी शाह बनेपाको चण्डेश्वरी मन्दिर पुगेकी थिईन् ।






