2026 September 01/ 01:58: 53pm

धुलिखेल/जिल्लामा पहिलो पटक धुलिखेल नगरपालिकाले स्वस्थ शहर कार्यक्रम घोषणा गरेको छ । नेपालमै नमुना पालिकाका रुपमा धुलिखेलले शुरु गरेको स्वस्थ कार्यक्रमलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिएको छ । धुलिखेल अस्पतालले घर धुरी सर्वेक्षणमा सहयोग गरेको थियो भने नगरका सबै नागरिकहरुलाई स्वस्थ बनाउन अभियान शुरु भएको छ । विकट पालिकाका फरक खालका समस्या छन् भने सुगम भनिएका पािलकामा फरक खालका समस्या छन् । 
    स्वास्थ्य कार्यालय काभ्रेले आयोजना गरेको जिल्ला स्तरीय समीक्षा कार्यक्रममा १३ वटा पालिकाका स्वास्थ्य शाखाले तयार गरेको प्रतिवेदनमा पालिका भित्रको मुख्य १० वटा रोगहरुको सूचीमा ७ वटा जति रोगमा समानता देखिएको छ । पालिकाहरुले नीति तथा कार्यक्रम र बजेटमा त्यस्ता रोगहरु नियन्त्रण गर्ने योजना समेट्नु पर्ने भए पनि तत्कालको महामारीमा बाहेक अन्य समयमा पालिकाहरुको सक्रियता कम देखिएको छ । तल्लो फोक्सोमा श्वास प्रश्वास, गैर संक्रामक पखाला, टन्सिलाईटिस, पेट तथा ग्यास्टिक, नाक तथा घाँटीमा श्वास प्रश्वास, घाउ तथा चोटपटक, आँखाजन्य, ढाड दुख्ने, राईनाटिस (नाक सम्बन्धी) र खोकी जस्ता रोगहरु सबै पालिकामा देखिएका छन् । उच्च रक्तचाप, सुगर टाईफाईड, इन्फेक्सन, पिसाव संक्रमण, डायरिया जस्ता रोगहरु शहरी क्षेत्रमा धेरै देखिएको छ ।