– स्थानीय तह, प्रहरी र अदालतमा उजुरीको चाङ
– संचालक भन्छन – ‘ऋण नउठेर बचत फिर्ता गर्न सकेनौंं’
मोतीराम तिमल्सिना
बनेपा
रामसुन्दर कार्की
विनायक साकोस
अखण्ड साकोस
उपाध्यक्ष सहितका संचालक गुपचुप
मालश्री साकोस
डम्बरप्रसाद गौतम र छोरा कुमार गौतम
पुण्यश्वर साकोस
द्रौपदा साकोस
कैलाश पलाञ्चोके
सत्कार साकोस
उमेश राउत, दिनेश राउत र उनीहरु दुबैका बाबु रमेश राउत
एशियन स्टार साकोस
स्वर्णीम साकोस
बासुदेव खड्का (हाल जेलमा)
गरुड साकोस
संकटग्रस्त
मुकुल, युनिटी, कान्तिपुर, युएम साकोस लगायतका बनेपा क्षेत्रमा रहेका अधिकांश सहकारीहरु अहिले संकटमा छन् ।
मुलुकमा आर्थिक संकट टरेको छैन । सरकारले जग्गा कित्ताकाट रोकेसँगै शुरु भएको आर्थिक संकट सहकारीमा देखियो । सहकारीका कारण बंैक तथा अन्य वित्तिय क्षेत्र धरासयी हुँदै गएको अवस्थामा बचतकर्ताबाट करोडौं रकम जम्मा गरेर फरार भएका छन् । न राज्यका कुनै निकायले उनिहरुलाई कारवाही गर्छ न उनिहरुले नागरिकबाट उठाएको रकम फिर्ता गर्छन् । केहि निर्धक्क छाति फुलाएर हिडिरहेका छन् । केहि गुमनाम छन् । केहि भागिरहेका छन् । केहिले रकम फिर्ता गर्छु भन्दै दोब्बर मुल्यमा जग्गा भिडाई रहेका छन् । सहकारीप्रति देखिएको नागरिकहरुको अविश्वास, निराशा र ब्यक्तिको चरम समस्यामा राज्य गम्भीर बन्न सकेको छैन ।
काभ्रेपलाञ्चोक जिल्लामा तीन तहका सरकार संचालनमा आए सँगै नागरिकहरुबाट रकम उठाएर फरार हुने सहकारीमा विनायक र अखण्ड पहिलो हुन् । दुबै सहकारीको ठेक्का रामसुन्दर कार्कीले लिएका थिए । तामझाम र बैंकको भन्दा धेरै राजश्री ठाँटका साथ संचालन भएका सहकारी केहि वर्षमै नागरिकको बचत रकम फिर्ता दिन नसकेर भाग्यो । अहिले कार्की राजधानी उपत्यकामा अर्काे सहकारी संचालन गरेर बसेको सूचना भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने कुनै पहल भएको छैन । प्रहरी कार्यालयमा दर्ता भएको उजुरी बर्षाै हुँदा पनि कार्यान्वयनमा आएको छैन । बचतकर्ताहरुले बर्षाै वितिसक्दा समेत रकम पाउन सकेका छैनन् । त्यस भन्दा अघि भागेका बनेपाका सम्झना फाईनान्स, लक्ष्मी फाईनान्स पनि छन् ।
बनेपाको चोकमा रहेको पुण्यश्वर सहकारीका अध्यक्ष डम्बरप्रसाद गौतम र प्रबन्धक छोरा कुमार गौतमले ७ हजार भन्दा धेरै सदस्यको करोडौं रकम फिर्ता गर्न बाँकी छ । उनिहरु नै अदालतमा मुद्दा बोकेर दौडिरहेका छन् । आफै जालसाजी गर्ने, किर्ते कागजात बनाउने बाबु डम्बरप्रसाद गौतमका धेरै मुद्दामा पराजय भोगेका छन् । वडा अध्यक्ष हिटलर शाक्य सहित ५२ जना बचतकर्ताहरुलाई किर्ते मुद्दा दर्ता गरेका पुण्यश्वरका डम्बरप्रसाद गौतमले मुद्दा हारेका छन् । समाचार लेखेको विषयमा मानहानीको मुद्दा दर्ता गरेका गौतमले त्यो मुद्दामा पनि पराजय ब्यहोरेका छन् । नागरिकहरुको रकम फिर्ता गर्नु भन्दा पनि किर्ते कागज बनाउने, छोरालाई लुकाउने र रकम अपचलन गर्ने पूर्व शिक्षक अझै हेडमास्टर समेत रहेको गौतम विरुद्धका धेरै उजुरी प्रहरी कार्यालयमा विचाराधीन छ ।
त्यस्तै डम्बरकै छोरा कुमार गौतम पुण्यश्वरमा प्रवन्धक थिए भने द्रौपदा सहकारीमा अध्यक्ष थिए । दुबै सहकारीबाट जम्मा गरेको रकम अपचलन गरेको अभियोगमा बाबु छोरा दुबै जना विरुद्ध बचतकर्ताहरुले जाहेरी दिएका छन् । अनुसन्धान भएर पनि अझै कारवाही भएको छैन । बनेपामै रहेको सत्कार सहकारी वर्षाै भई सकेको छ । अध्यक्ष कैलाश पलाञ्चोकेका कारण अन्य संचालक पनि तनावमा छन् । उनिहरु विरुद्ध पनि अदालतमा मुद्दा छ । जनागालमा रहेको स्वर्णीम सहकारीले सयौ बचतकर्ताको करोडांै ठगेको छ । बाबु रमेश राउत क्षेत्री, छोराहरु दिनेश राउत र उमेश राउत क्षेत्रीले ठगेको रकम अझै फिर्ता हुन सकेको छैन । उनिहरुले स्वर्णिम र एशियन स्टारका नाममा जम्मा गरेको करोडांै रकम फिर्ता गर्न सकेका छैनन् ।
बासुदेव खड्का (हाल जेलमा) । गरुड सहकारीका नाममा ठगी गरेका बासुदेव, उनको श्रीमती सहित केहि संचालक जेलमा छन् । ठगी गर्ने अध्यक्ष बासुदेव र श्रीमती जेल जाने कर्मचारी र संचालक । अहिले सहकारीमा देखिएका समस्याहरु ठेक्कामा सहकारी संचालन गरेका कारण हुन् । २०७४ सालमा स्थानीय तहमा सहकारी हस्तान्तरण गर्नु केहि समय अघिको मिति राखेर बनेपाको जनागालमा दर्ता गरिएको भनिएका दर्जनौ सहकारीमा किर्ते हस्ताक्षर प्रयोग भएको पाईएको छ । तत्कालीन डिभिजन सहकारीका कर्मचारी र सहकारी किनबेच गर्ने गिरोहका कारण सहकारी भित्र चरम समस्या भित्रिएको छ । त्यसको अलावा केहि सहकारीहरुले चाहँदा चाहँदै बजारको ऋण नउठेर फिर्ता गर्न नसकेको बताएका छन् । जग्गा खरिद विक्री रोकिँदा सहकारीको रकम रोकिएको छ भने राजश्व समेत घटेको छ । गरुड टोली जेल भित्रै बसेर मिलापत्रको तयारीमा छ । बनेपामा रहेका मुकुल, युनिटी, कान्तिपुर, युएम साकोस लगायतका बनेपा क्षेत्रमा रहेका अधिकांश सहकारीहरु अहिले संकटमा छन् ।
उजुरीको चाङ
बनेपाको पुण्यश्वर सहकारीका २७ जनाले सहकारीले रकम फिर्ता दिन नसकेको र संचालकहरु फरार भएको बताउँदै रकम फिर्ता माग गर्दै संचालक विरुद्ध ठगी अभियोगमा जाहेरी दिएका छन् । सोहि सहकारीका अध्यक्ष डम्बरप्रसाद गौतमले बचतकर्ता विरुद्ध नै मुद्दा राखेर बचत फिर्ता नदिने तयारी गरेका छन् । प्रहरीले उनि सहित उनका छोरा कुमार गौतम र अन्यलाई ठगी अभियोगमा अनुसन्धान गरिरहेको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालयमा अर्काे एउटा सहकारीको पनि उजुरी दर्ता भएको छ । सहकारीले धेरै ब्याज लिएको भन्दै प्रहरीकोमा उजुरी गर्नेहरु पनि छन् । धितो लिएर लिलामी गरेको ऋण तिर्दा फिर्ता नदिएको भन्दै उजुरी पनि परेको छ । प्रहरी प्रधान कार्यालय तथा विभागहरुले मिटर ब्याज लिने र दिनेका सन्दर्भमा पीडितलाई न्याय हुने गरी पीडक सम्पर्कमा आएर छलफल गर्न चाहेको अवस्थामा छलफल गराउने र मिलापत्र गर्ने तहमा पुगे भने मिलापत्र गराएर उजुरी फछ्र्याैट गर्न गरेको परिपत्र अनुसार काभ्रेमा परेका दर्जनौ उजुरीका बारेमा छलफल भईरहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकमा भने अघिल्लो आर्थिक वर्ष ६७ वटा सहकारीका मुद्दा दर्ता भएका छन् । एक आर्थिक वर्षमा कर्जा असुली (लेनदेन) अभियोगमा ५७ थान मुद्दा दर्ता भएका छन् भने चेक अनादरमा १० वटा मुद्दा दर्ता भएका छन् । कर्जा असुलीमा बादी ५४ जना र प्रतिवादी ३ जना छन् भने चेक अनादारमा ७ जना बादी र ३ जना प्रतिवादी छन् । दैनिक सहकारीले रकम फिर्ता नगरी संचालकहरु फरार भएका उजुरी प्रहरीकोमा पुग्न थालेका छन् । बनेपाका संस्थागत बाहेक ब्यक्तिगत सहकारीमा पछिल्लो समय समस्या देखिन थालेको छ ।
यसरी ठगिन्छ सहकारीबाट
बनेपाको मुटु जस्तै मध्यभागको केन्द्र चारदोबाटो वडा नम्वर ७ मा भब्य डेकोरेसन सहित कार्यालय राखिएको पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ब्यवस्थापक रामेछाप गुन्सी भदौरे ७ घर भई बनेपामा बस्दै आएका २९ बर्षिय कुमार गौतम सहकारीको ९ करोड रकम लिएर एक वर्ष देखि बेपत्ता छन् । द्रौपदा सहकारीको ५ करोड गरी १४ करोड रकम ठगी गरेका गौतम सम्पर्क विहिन छन् । कुमारका बाबु डम्बरप्रसाद गौतम अध्यक्ष रहेको उक्त सहकारीमा कुमारको श्रीमती पवित्रा चौलागाई कोषाध्यक्ष छिन् । सानीआमा कमला चौलागाई सदस्य छन् भने बहिनी मनिषा गौतम लेखा प्रमुख छिन् । उता कुमार भने द्रौपदा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष छन् । दुबै संस्थाको लेखापालका रुपमा बहिनी मनिषा कार्यरत छिन् । कान्छो भाई प्रदिप गौतम ऋण संयोजक छन् । भाई बुहारी गंगा श्रेष्ठ गौतम र भाई उद्धव गौतमलाई सहकारीमा कार्यरत रहँदा रहँदै सोहि सहकारीको रकमबाट अष्ट्रेलिया पठाईएको छ । द्रौपदा सहकारीको करिब ५ करोड रकम अपचलन भएको छ । संचालक समितिमा उपाध्यक्ष रहेका झम्कप्रसाद गौतमको ६५ लाख र उनकै दाजु देवी गौतमको ५१ लाख उनै कुमारले लिएर फरार भएका छन् । सहकारीको चौरीदेउराली र पाँचखाल सेवा केन्द्रमा बचत गर्ने बनेपा सहितका ८ हजार ५ सय सदस्यको ९ करोड रकम उनै कुमारले खर्च गरेर बेपत्ता भएका हुन् । कुमारका छिमेकी गंगाबहादुर तामाङ सचिव छन् । अन्य केहिलाई थाहा नै नदिई किर्ते गरेर सदस्यमा राखेका छन् । उनिहरु पनि किर्ते विरुद्ध कानूनी उपचारमा लागेका छन् । उपाध्यक्ष झम्कप्रसाद गौतम लगायतले बनेपा नगरपालिका, सहकारी विभाग, जिल्ला प्रशासन, प्रहरी कार्यालय लगायतका स्थानमा उजुरी गरेका छन् । उनिहरु सहित ३१ जना बचतकर्ताको उजुरीमा हस्ताक्षर छ । जिल्ला प्रहरी कार्यालयले सहकारीको रकम लिएर भाग्ने ब्यक्तिहरुको बारेमा अनुसन्धान गरिरहेको बताएको छ । पीडितहरुले आफु ठगिएको भन्दै ठगीमा कारवाही गर्न जाहेरी दिएका छन् ।
२०७९ पुष २६ गते जिल्ला प्रशासन कार्यालयमा ३१ जना बचतकर्ताहरुले डम्बरप्रसाद गौतम संचालक अध्यक्ष र उनकै छोरा कुमार गौतम प्रमुख कार्यकारी अधिकृत रहेको सहकारी पुण्यश्वर सहकारीले बचत फिर्ता नदिई कार्यालय समेत बन्द गरेर भागेकाले आवश्यक गरिपाउँ भनी निवेदन दर्ता गरेका थिए । प्रशासन कार्यालयले उक्त निवेदन सहितको आदेश जिल्ला प्रहरी कार्यालयलाई लेखि पठाएको थियो । जिल्ला प्रहरी कार्यालयले उक्त निवेदन माथी कुनै सुनुवाई नगरेको पीडितहरुले बताएका छन् । पीडितहरुले बनेपा नगरपालिकामा फागुन ११ गते दिएको निवेदनका आधारमा बनेपा नगरपालिकाले भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा फागुन ३० गते पत्र लेखेर कारवाहीका लागि अनुरोध गरेको थियो । पुण्यश्वर, एसियन स्टार र द्रौपदा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई आवश्यक कारवाहीका लागि सिफारिस गरेको थियो । विभिन्न कार्यालयमा दिएको निवेदन उपर कतै सुनुवाई नभए पछि पीडितहरु आफै बागमती प्रदेशको सहकारी मन्त्रालयमा चैत्र ६ गते पुगेका थिए । सोहि दिन जिल्ला प्रहरी कार्यालय काभ्रेलाई खोजकार्य तथा आवश्यक कारवाहीका लागि पत्राचार गरेको थियो । बचतकर्तालाई बचत फिर्ताको लागि दिएका चेक पनि बाउन्स हुन थालेका छन् । डम्बरप्रसाद गौतमले सहकारीको अध्यक्ष नभएको भन्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् । जबकी २०७५ असोज १९ गते उनकै अध्यक्षतामा बैठक बसेर सहकारीका विभिन्न निर्णय गर्दै ऋण लगानी र असुली गरिएको छ । बचतकर्ताहरुको घेरामा परेका बेला बनेपा नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष हिटलर शाक्यको उपस्थितीमा बचतकर्ताहरुको सबै रकम फिर्ता गर्छु भन्दै कागज गरेका छन् । कुमार आफैले ब्यक्तिगत रुपमा १ करोड ३६ लाख ९१ हजार ५ सय ८३ रुपैया खर्च गरेको रेकर्डमा उल्लेख छ । उनले सहकारीबाट लगानी गरेको ऋण पनि परिवारका सदस्यमा मात्रै छ । ७ करोड भन्दा धेरै रकम उनले आफ्नै परिवारका सदस्यलाई लगानी गरेका छन् । बनेपा शाखाबाट ४४ जनाले लिएको ऋण मध्ये अशोक चौलागाई सानिआमाका छोरा, गणेशप्रसाद दुलाल मामा, सृजना दर्लामी मगर (कुमारको एकाघर), गायत्रराज ठकुरी (आफन्त), लक्ष्मी चौलागाई गौतम (बुहारी), उद्धव गौतम (भाई माईलो), गंगा श्रेष्ठ गौतम (माईली बुहारी), सहदेव चौलागाई (जेठान), मनिष कार्की (पसल प्रतिक सुज), नवराज धिताल (नाताको ज्वाई), देवि मल्ल (आफन्त) र अधिकांश ऋणीहरु रामेछापकै उनका गाउँका छन् । कतिलाई जानकारी नभईकन पनि कुमारले उनिहरुको नागरिकता फोटोकपीका आधारमा ऋण लगानी गरेर आफै खर्च गरेका हुन् ।






