2026 September 02/ 02:44: 38pm

गोमा थापा
बनेपा

    पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले कृषकको उत्पादनको बिक्री गर्न बजार व्यवस्थापनमा सरकारको भर नपर्न आग्रह गरेका छन् । कृषक स्वंयमको जागरणको खाँचो रहेको औलाउँदै पूर्वमन्त्री बास्कोटाले आफ्नो उत्पादनको ब्रान्डिङ गुणस्तर) मा ध्यान दिन सके राम्रो आम्दानी लिन सकिने बताए । 
    उद्यमशिलता र स्वरोजगार, कृषि विकासको आधार भन्ने मुल नाराको साथमा कृषि सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोको आठौं बार्षिक साधारण सभामा बोल्दै पुर्व मन्त्री बास्कोटाले कृषि सहकारीले उत्पादन, बजारिकरण र गुणस्तरमा किसानलाई सहयोग गर्नुपर्ने भूमिका नबिर्सन आग्रह गरेका । पछिल्लो समय सहकारी क्षेत्रले गुमाउँदै गएको विश्वासनियतालाई थप प्रभावकारी र सहज रुपमा अगाडि बढाउन सहकारीका सदस्यहरुको सक्रियता आवश्यक रहेको उनले बताए । 
    कृषि सहकारी संघ लिमिटेडमा कृषि सँग सम्वद्ध ५५ वटा सदस्य संस्था आवद्ध छन भने ५ जना संचालक समिति रहेको छ ।  संघले  महाभारत, भुम्लु, तेमाल, बेथानचोक, चौरीदेउराली गाउँपालिकामा साना किसान कृषि सहकारी अनुसरण कार्यक्रम संचालन गर्ने गरेको छ । साथै कृषकहरुलाई लक्षित गरी जानकारीका लागि वेभसाइट (धधध।बअगपबखचभ।अयm) संचालन शूरु गरेको संस्थाका अध्यक्ष सुमन नेपालले बताए । सभाको बन्द सत्रले नयाँ संचालक समिति चयन गरेको छ । न्युन आय भएका तथा सिमान्तकृत किसानहरुको आर्थिक रुपान्तरण, तथा समृद्धिका लागि बचत गर्ने बानी बसाल्ने, विभिन्न सीपको विकास गर्ने, न्युन ब्याजदरमा ऋण प्रदान गर्ने उद्धेश्यमा कृषि सहकारी संघ रहेको अध्यक्ष नेपालले बताए । कृषि तथा पशुपालन कार्यको लागि आवश्यक पर्ने मल, बिउ बिजन, कृषि औजार तथा तालिमको व्यवस्था गरि सदस्यहरुको जीवनस्तर उकास्नको  आधुनिक तरिकाले उन्नत पशुपालन गर्न संघमा आवद्ध प्रारम्भिक सहकारी संस्था मार्फत समृद्धिको सपना पुरा गर्न आवश्यक सहयोग र सहजिकरणको प्रयास गरिने बताए । 
संस्थाका अध्यक्ष सुमन नेपालको सभापतीत्वमा सम्पन्न सभाको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एंव पूर्वमन्त्री गोकुल बास्कोटा, विशेष अतिथि बागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिका बल्लधव सापकोटा, बिउ तरकारी तथा फलफुल सहकारी केन्द्रिय संघका अध्यक्ष बिनोद पराजुली, बागमती प्रदेश कृषि सहकारी संघका अध्यक्ष डिल्ली पाठक, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलीप शर्मा, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई काभ्रेपलाञ्चोक सिन्धुपाल्चोकका परियोजना प्रमुख भरतप्र्रसाद कडेंल, कृषि ज्ञान केन्द्र धुलिखेलका प्रमुख कुलप्रसाद दवाडी र भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा. सृजा वाग्ले लगायतको सहभागिता रहेको थियो ।