जनताबाट तिरष्कृत हुँदै गएको नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धनको सरकार अहिले सत्तामा रहेको छ । राष्ट्रिय राजनीतिमा गठबन्धनको मद्दतले बल्लतल्ल तेस्रो हुन सफल प्रचण्डलाई जसरी पनि सत्तामा पुग्नु थियो । सर्बोच्चको परमादेशले नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवालाई हारगुहार गर्दै प्रधानमन्त्री बनाउन पुगेपछी प्रधानमन्त्री बन्ने आशामा बसेका पुष्पकमल दाहाल (प्रचण्ड) २०७९ मा हुने संघीय (प्रदेशको समेत) निर्वाचनमा तत्कालिन सात दलको मद्दतले प्रधानमन्त्री हुने वा बन्ने र सरकारको नेतृत्व आफूले गर्ने अभिलाशा बोकेर एमालेबाट चोइटिएर बनेको कथित नयाँ पार्टी नेकपा एस समेतको सात दल मिलेर निर्वाचन लड्न पुगेका थिए । तर बिडम्बनाको कुरो जति आशा र भरोषा सात दलको गठबन्धनमा गर्न पुगेका थिए त्यो कल्पना र भरोसा सबै फेल खान पुग्यो । स्मरण रहोस् कि नेपाली काँग्रेस सहितको गठबन्धनको मद्दतले एमालेलाई पत्तासाफ पार्ने र आफ्नो पार्टी देशको सम्भवतःपहिलो वा दोस्रो पार्टी बन्ने गोनु झाको सपना बोकेर निर्वाचनमा लड्न पुगेपनि जनताले मत दिनबाट लोप्पा खुवाउन पुगे । प्रत्यक्षतर्फ २२ र समानुपातिक तर्फ करिब–करिब राष्ट्रिय स्वतन्त्र पार्टीको हैसियतमा खुम्चिन पुगेपछि प्रम बन्न नपाउने भो भनी आत्मत्रसित हुन पुगेका प्रचण्ड जब नेपाली काँग्रेसले आफूलाई प्रम नदिने भो भन्ने कुराले रन्थनिन पुगे तब नेकपा एमालेका अध्यक्ष केपि ओलीको निवास बालकोटबाट प्रम दिने सुईँको पाएपश्चात् सोझै बालकोट पुगी प्रमको आशिर्वाद प्राप्त गरे । यो नै उनका लागि प्रमको लागि बरदान प्राप्त भए झैँ भयो । यति भएपछी“ अन्धोलाई के खोज्छस भन्दा?– आँखो“ भन्ने जवाफ आएझैँ भैहाल्यो । तर प्रम पद र सत्ताका भोगी प्रचण्डले सत्ताका लागि छलकपट वा धुतु¥याईँ गर्न जस्तोपनि लाज पचाउन सक्छ भन्ने कुरालाई कसैले पनि अनुमान लगाउन सकेन । यस कुरामा एमाले अध्यक्ष के पि ओली पनि चुक्न पुगे । प्रचण्डलाई प्रमको बरदान दिनु नै एमालेको महाभुल हुनपुग्यो भने देशको लागी पूरै पिशाचसमान हुन पुग्यो प्रचण्डको सरकार! प्रचण्डलाई काँग्रेसले जे गर्न खोजेको थियो त्यो रणनीति नै एकदम ठिक थियो । एमालेले प्रचण्डलाई जुन गुण लगाएर प्रम बनाए यहि अहिले एमालेको लागि अभिशाप बनेको छ । यहि प्रचण्ड प्रम बन्न पाएकै कारण उता कथित नेकपा एसको पनि चुरीफुरी बढेकोछ । एमाले पार्टी नै मैले÷हामीले बनाएको हो भनी एमालेको ब्राण्ड आफुले प्राप्त गर्ने दिवास्वप्न देखेर गठबन्धनमा सामेल हुन पुगेपनि आखिर सबैले ल्वप्पा खुवाइ दिए । मुस्किलैले १० सीट प्राप्त गर्न सफल माकुनेको एस पार्टी हरेक घुर्की र धम्कीको सहारामा हाल सत्तामा सहभागी हुन पाएको छ । सायद यहि नै सत्ताको अन्तिम सहभागी हुनसक्छ । सायद एमालेको आफ्नै पार्टी ढालेर काँग्रेस गुहार्न पुगि पार्टी बिभाजन गरेकै कारणले हुनसक्छ जनताले पनि नराम्रो सँगै सजाय गरेको छ र राष्ट्रिय पार्टीको हैसियत समेत प्राप्त गर्न सकेन भने आगामी निर्वाचनमा समाप्त नै हुनेछ ।
जे होस् याद गर्नैपर्ने कुरो के हो भने जब प्रचण्डको सरकार सत्तामा आसिन हुनपुगे तब यसै बेलादेखी नै जनतामा निराशाको बादल लाग्न थाल्यो । जनताको आशा र अपेक्षा यो थिएन कि माओवादी नेतृत्वको सरकार पुनः सत्तामा आओस् र देश र जनताको सम्बृद्ध चाहने पार्टीको नेतृत्वमा देशको शासन चलाइयोस् । तर प्रजातन्त्रको खोल ओढेको नेपाली काँग्रेस समेतको सात दलीय गठबन्धन अनि प्रतिगमन र दक्षिण भारतमुखी विभिन्न प्रतिगमण उन्मुख दलहरूको समेत मिलिभगतमा नेकपा एमालेलाई बहुमत प्राप्त सरकार बनाउने अवसर प्राप्त भएन । यसमा एउटा नकारात्मक छाप जनतामा यो पनि पर्न गयो कि देशको सवभन्दा ठूलो दलसहित करिब दुइतिहाई (माओवादी समेत) सरकार बनेकोमा दुई वर्ष पनि राम्रोसँग सरकार चलाउन नदि आफ्नै पार्टी भित्रका एक गुट (माधव नेपालको) चरम कुण्ठाका कारण पार्टीमा विभाजन आइ संसद् (तत्कालीन प्रम केपि ओलीले) विघटन गर्न बाध्य भएबाट नै कतिपय एमालेप्रति आस्थावान्हरूमा समेत एमालेप्रती नै निराशा जगाउने काम गर्न पुगे पार्टीका गद्दार नेताहरूबाट । एकातिर एमाले एक्लै रहे भने अर्कोतिर एमालेबाटै चोइटिएको एक समूह समेत सात दलीय गठबन्धनको सहारामा निर्वाचनमा लड्न पुगे । जस्को भरपुर लाभ नेपाली काँग्रेसलाई भयो भने एमाले ठूलो दलको हैसियतबाट दोस्रो ठुलोदलमा सीमित हुन पुग्यो । तर नेपाली काँग्रेस ठूलो दल त बने यो उसको देश र जनताका लागि गरिएको लोकप्रिय कार्यले नभै गठबन्धनको अपुताली मतले भएको कुरा लोकप्रिय मत परिणामले पुष्टि गरिदिईसकेको छ नै ।
हाल सरकारको नेतृत्व गर्ने सु–अवसर पाइरहेकोछ जुन प्रचण्डको सरकार बनेदेखि नै देशको विकासका कुराहरूमा ठेस लाग्न पुग्यो र नेपाल र नेपालीको विकास र समृद्धिको सपना पनि चक्नाचुर भयो । नेकपा एमालेले नेकपा माओवादीका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल ( प्रचण्ड) लाई सरकारको जिम्मा लगाएर अहिले जे जस्तो गरिरहेको छ यसको दोष धेरथोरे एमालेले पनि लिनै पर्छ । गठबन्धनको नाममा काँग्रेससंग टाँसिन पुगेका प्रचण्डलाई जसरी गलहत्याउन लागेका थिए यसलाई गल हत्याउनै दिनुपथ्र्याे र बरु नेपाली काँग्रेसलाई नै सरकार चलाउन दिनु पर्थ्यो । बिषालु सर्पको नियत बोकेका प्रचण्डलाई आफ्नो बनाउन खोज्नु नै अहिले देश, जनता र आफ्नै पार्टीलाई समेत ठूलो घाटा लाग्न पुगेकोछ । प्रचण्ड जे जसरी प्रम बन्न पुग्यो तब देशको विकासका कार्यहरू ठप्प हुन पुग्यो, उद्योगधन्दाहरू बन्द हुन थाले, देशका युवाहरूमा यो देशमा काम पाउने कुरामा आशमार्न थाले, खेती गर्ने किसानहरू गरिएका हरेक काममा उचित लाभ लिन नसकी बिदेश पलायन हुन थाले । लाखौँलाख लगानी गरि उत्पादन गरीएका आफ्ना तरकारी, अण्डा, कुखुरा, गोलभेडा, बन्दा आदि सडकमा फाल्न बिवस भए, दशौँलाख–बिसौँ लाख खर्च गरि आर्जन गरिएको शैक्षिक योग्यताका प्रमाणपत्रहरू मकैक खोष्टा जस्तै बेकम्मा भए, उद्योग ब्यवसायका लागि लिएको ऋण तिर्न नसकी बैंकको लिलामीमा परे । ऋणै ऋणको चपेटामा परी रामप्रसाद खनाल जस्ता ब्यवसायीले मध्य दिनमा बानेस्वरको ब्यस्त सडकमा आत्मदाह गरि जीवनलिला समाप्त गर्न विवश बने । हो, यहि र यस्तै यस्तै ब्यवस्थापनमा ध्यान नदिनु र संबेदनहीन र अराजक समाजको उत्पादन नै यो सरकारको मूल विकास भएकैले आज यो गणतन्त्रको सरकार माथि धावा बोल्न दुर्गा प्रसाईँजस्ता अराजक र निरुदेश्य ब्यक्तिले स्थान पायो । यहि ब्यक्तिको लहैलहैमा लागेर सडकबाट राजा फर्काउने नाममा आन्दोलनमा उफ्रि रहेकाछन एकाथरी । राजाको २४० वर्षको शासनकालमा संसारकै सबैभन्दा गरिब मुलुक बनाउन पुगेका उनै राजाका अवशेष ज्ञानेन्द्रले केके न गर्नेछ भनी “राजा आउ देश बचाउ,........हाम्रो राजा प्राणभन्दा प्यारो छ” भनी नारा लगाइरहेकाछन, राजालाई हार गुहार गर्दैछन । यो हुनु वा जनताहरू फेरि राजालाई सत्तामा फर्काउन चाहनु भनेको नै अहिले संसद्मा कृयाशील राजनीतिक ब्यक्तिहरूको भ्रष्ट प्रवृत्ति, कुशासन, अशोभनीय राजनीतिक दाउपेच आदिको कारणले नै सडक आन्दोलनमा आउन बाध्य भएका हुन । दुर्गा प्रसाईं एउटा अगुवाको पात्रमात्र हो । जनता सडकमा उत्रिनुको कारणहरू अनगिन्ती रहेका छन् । जबसम्म जनताका यावत समस्याप्रती ध्यान दिदैनन्, देशको प्रशासन, उद्योग ब्यवसाय, रोजगार वा नोकरी, कृषि क्षेत्र सबैमा प्रणाली बसाल्न सक्दैन तबसम्म यो देशमा समस्या झनझन चर्किदै जानेछ र अन्तमा सोमालिया, सुडान, कङ्गो, हैटी तथा श्रीलंकाको अवस्था नआउला भन्न सकिन्न । अहिले राजतन्त्र बिहिन गणतन्त्र प्रति बितृष्णा जाग्दै जानुको कारण नै सात दलीय गठबन्धनको सरकार हो भन्दा फरक पर्दैन । चाहे यो भन्दा अघिको देउवा नेतृत्वको गठबन्धनको सरकार होस् चाहे अहिलेको प्रचण्ड नेतृत्वको सरकार होस देशका जनतातामा निराशा, घृणा आक्रोशको लर्कोले यो ब्यवस्थाप्रति नै नकारात्मक धारणाको विकास हुन थलेको छ । यो सरकारले राम्रो काम गरेको भनेर देखाउन सक्ने र भन्न पाउने एउटा यस्तो काम होस्, जो नेपालीले गर्वका साथ भन्न सकून् । यसैले पनि कतिपय मानिसहरू लोकतन्त्र सहितको बहुदलप्रती आस्था र प्रिय ब्यवस्था हुँदाहुँदै पनि हालको यहि प्रचण्ड नेतृत्वको गठबन्धनकै कारण बरु राजाकै शासन भए ठिक हुनेछ भनी आजित भाषा ब्यक्त गर्न थालेका छन् । यहि प्रचण्ड सरकारकै कारण र पार्टीका केही भ्रष्ट नेताहरूको कारणले नै हुन सक्छ देशका पुराना भनिने पार्टीहरू प्रति बितृष्णा जागेको देख्न सकिन्छ । यसैको पहिलो संकेत रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र पुरानै पार्टी अर्थात पञ्चायतकालीन ढङ्ढङ्गी बोकेको राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाप्रति केही मानिसहरूको झुकाव बढ्नुलाई हेर्न सकिन्छ ।
तर, पञ्चायतकालीन राजाको शासन नभोगेका २०४६ पछिका नव युवाहरूलाई के थाहा कि राजाको प्रत्यक्ष शासनमा जनताहरूले के कति सुख र सुविधा पाएका थिए भनेर । सुख र सुबिधा पाएका थिए त यिनै राज परिवार खलकले पाएका थिए, राजाका वरिपरि बसेर राजाका झिँगा धपाउनेहरूले पाएका थिए, राजाको चाकडी गर्न माहिर चाप्लुसीबाजहरूले पाएका थिए । जसले राजालाई खुसी पार्न सक्थे उनीहरूले जग्गा जमिनको बिर्ता पनि पाउँथे । राजाका नाममा कति बिर्ता थिए कति त्यसको लेखाजोका छैन । राजाको सम्पत्ति र बिर्ता जग्गाको बारेमा बेलाबेलामा सार्वजनिक हुँदै आएकोछ नै । यतिमात्र हैन हामी जस्ता सर्वसाधारणले सानै मात्र सार्वजनिक नोकरी पाउन पनि महा मुस्किल पथ्र्याे । लोकसेवा आयोगबाट लिखितमा नाम निकाल्न सफल भएपनि पुलिसको गोप्य रिपोर्ट र अन्तर्वार्ताकारको आँखामा राम्रो नलाग्दा जागिर पाउने गुन्जायस थिएन । मानौ अहिले पनि राजा आइहाले पनि सत्तामा पुग्ने भनेकै अहिलेका राजा समर्थक हुन । राप्रपा जो अहिले पनि संसद्मै उपस्थित छ । दुर्गा प्रसाईं जो बारम्बार पार्टी चाख्दै हिँडेकै ब्यती हुन जसले पछिल्लो पटक एमालेको केन्द्रिय सदस्य समेत भएर साँसदको टिकट नपाए पछि बिच्किएका ब्यक्ती न हुन यसको बारेमा कसलाई थाहा छैन र! यसैले पनि राजा आउँदैमा पनि केही हुनेवाला छैन । राजाको प्रधानमन्त्री,अन्य मन्त्रीहरू बन्ने अनुहार पनि यिनै हुन् । जो जसले अहिले राजाको आवश्यकता देख्दैछन् ती सबै अनुहार पनि राजाकै शासन कालमा पटक–पटक मन्त्री भएकाहरू नै हुन । त्यसैले पनि यिनीहरूबाट देशको विकास गर्ला भनेर पट्याउने ठाउँ छैन । यति मात्र नभै अहिले दुर्गा प्रसाईँको अभियानमा लागेर कोहि कसैले बैँक र सहकारीहरूको ऋणबाट मुक्त हुन सकिँदैन, बरु झन्झन ऋण थपिन सक्छ र अरु बर्वादीमा जानसक्छ । दुर्गाको पछिपछि लागेर ऋणबाट मुक्त हौँला भनेर कसैले आस नगरे हुन्छ । तर मलाई पटक्कै विश्वास मात्र छैन कि एकान्तमा एक्लै पनि खिसिक्क हाँस्न मन लाग्छ उनै दुर्गेको बम्फुसे भाषण सुनेर । दुर्गा प्रसाईं जो आफ्नै करोडौँको ऋण बोकेर हिँडिरहेको छ । उनले सक्ने भए पहिले आफै ऋणबाट मुक्त भएर देखाउन सकोस्, यस्तै ऋण पीडितरूको चिन्ता मेटाइदिन सकोस् । त्यसैले पनि यस्ता हावादारी ब्यक्तिहरूको कुरा सुनेर किन समय खेर फाल्ने । बरु यो बुझ्न आवश्यक छ कि लोकतन्त्र सहितको बहुदल अरु हुन सक्दैन । पार्टीका नेताहरू निस्वार्थी हुन सक्नु प¥यो, मति भ्रष्ट, गति भ्रष्ट हुनु भएन, देश जनताको लागि समर्पित हुनु प¥यो, निष्ठावान् र पार्टीप्रति समर्पितहरूको मूल्यांकन हुनु प¥यो र इमान्दार नेता कार्यकर्ताहरूको सही मूल्यान्कन हुनु प¥यो । चैते कार्तिके नव प्रवेशी तथा अवसरवादीहरूलाई टिकट दिनमा निरुत्साही गर्नुप¥यो । अरु पार्टी भन्दा बिल्कुलै अलग नीति र ब्यवहारमा परिवर्तन ल्याउन सक्नुप¥यो । यसो भएमानै पार्टी सचिन सक्छ । अरु पार्टी भन्दा फरक देखिनसक्छ ।
जे होस् सात दलीय गठबन्धनको आन्तरिक सहमति अनुसार दोस्रो एकवर्ष कथित एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र तेस्रो २ वर्षको कार्यकाल नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले सरकार चलाउने सहमती भएपनि वर्तमान नेपाली काँग्रेसका देउवा इतर एकपक्ष भने यो सहमतिको मितिसम्म पर्खने अवस्था देखिँदैन । अहिले जति पनि सार्वजनिक भाषणहरूमा होस् वा आफ्नै पार्टीको आन्तरिक भेला या गोष्ठिहरूमा नेपाली काँग्रेसका महामन्त्री समेत रहेका गगन थापा र विश्वप्रकास शर्माको अभिब्यक्तिहरूबाट यसै कुरालाई इङ्गित गरेको बुझिन्छ ।
तर बहुमतमा रहेका देउवा र देउवापक्षधर काँग्रेसहरू भने यो गठबन्धन भत्काउने पक्षमा छैनन् । उनीहरूलाई थाहा छ की गठबन्धन बिना नेपाली काँग्रेस अब देशको पहिलो पार्टी बन्न सक्ने अवस्थामा छैन । देउवा आफू फेरिपनि प्रधानमन्त्री बन्ने एउटै बकुल्लो ध्यानमा रहेको कुरालाई कसैले नकार्न सक्दैन । अझ के कुरालाई स्मरण गर्न आवश्यकछ भने २०४६÷४७ को जन आन्दोलनबाट प्राप्त संबैधानिक राजतन्त्र सहितको बहदलीय शासन ब्यवस्थालाई ५ वर्ष पनि नवित्दै अर्थात २०५२÷५३ तिरै बहुदलीय शासन ब्यवस्थाप्रति नै बितृष्णा जाग्ने व्यवहार गर्न पुगेबाट नै २०५९ जेष्ठ २९ गतेको दरवार हत्याकाण्ड लगतै राजा ज्ञानेन्द्रबाट बहुदलीय शासन ब्यवस्थालाई नै प्रतिबन्ध लगाउने धृष्टतासम्म्स गर्न पुगे । तर तत्कालिन अवस्थामा जनतामा छाएको बहुदलीय ब्यवस्था प्रतिको अपार माहोल ताजै रहेको अवस्थाले गर्दा राजाको यो “कु” कदमलाई जनताको साथ सहयोग रहेन र अन्तमा जनताको या राजनीतिक दलहरूको आन्दोलनलाई थेग्न नसकी पुनः “जनताको नासो जनतालाई सुम्पी बक्सेका छौँ” भनी प्रजातान्त्रिक अधिकार फर्काउन बाध्य भयो । र, दोस्रो पटकको संबिधानसभा निर्वाचन पश्चात् बल्लबल्ल बनेको संविधान पनि कागललाई बेल पाके भन्दा फरक रहेन जनताका लागि ! जति फाइदा भए प्रचण्डका लाही भए, जति लाभ लिए मुठ्ठिभरका मानिसका लागि भए । जति पनि लोकतन्त्र प्रति बितृष्णा जगाए यहि प्रचण्ड समेतको गठबन्धनले जगाए । आफूहरू सत्तामा नआएसम्म भ्रष्टाचार, घुसखोरी, काला बजारी, तस्करी, नातावाद, कृपावाद अनि शाही ऐयासी जीवनको घोर निन्दा र भत्र्सना गर्ने यिनै नेताहरू अहिले आफै करोडौँ, अरबौका आलिशानका महलहरू, करोडौँ मूल्यका गाडीहरू १०÷१५ वर्ष भित्रै कसरी कमाउन सके प्रश्न उठेको छ । भुमिगत कालमा चप्पल पड्काएर र अरुको लुगा मागेर लाएर हिँडेकाहरू ले अहिले ऐयासी जीवनमा रम्न किन लाज मान्दैन सेल्टर दिएका कार्यकर्ताहरू प्रश्न गर्दैछ । आफूलाई लोकतन्त्रको मसिहा ठान्ने नेपाली काँग्रेस नै अलोकतान्त्रिक कदमको नेतृत्व गर्न पाउँदामा मख्ख छ भने आफूलाई क्रान्तिकारीको उपमा दिन लाज नम्मान्ने नेकपा माओवादी( प्रचण्ड) पार्टी झनै सबभन्दा भ्रष्ट र अराजक शासक बनेको देखिँदा गणतन्त्र÷लोकतन्त्र ल्याएकोमै बिस्मात मान्न थालेको छ । त्यसैले पनि जनताहरूमा शासन सत्तामा रहेको ब्यक्ति र पार्टीप्रतिमात्र नभै लोकतन्त्रप्रति नै घृणा जागृत भैसकेको छ । जनतामा यसरी निरास जगाउने नै यिनै गठबन्धन र गठबन्धन सरकार हो भन्दा किमार्थ पनि अन्यथा लाग्ने छैन ।






