2026 September 01/ 01:10: 02pm

पनौती/शनिवार (पौष ७ गते) सम्पन्न ताम्राकार ब्रम्हायणी गुठीको अन्तर्गतको ताम्राकार ब्रम्हायणी शैक्षिक तथा सम्मान उप–समितिबाट आयोजित आठौं एसएलसी/एसईई तथा दश जोड दुई सम्मान कार्यक्रममा २०७३ सालदेखि २०८० सम्मका शैक्षिक वर्षमा एसएलसी÷एसईई उत्तिर्ण गरेका ६४ जना विद्यार्थीहरुलाइ गुठीका तर्पmबाट सम्मानपत्र एवं सगुन प्रदान गरियो भने एसएलसी÷एसईई तर्पm लक्ष्मीकृष्ण ताम्राकार र दश जोड दुई तर्पm बिक्रम ताम्राकारको सौजन्यतामा प्राप्त मायाको चिनो प्रदान गरिएको छ ।
    त्यसैगरी प्रत्येक शैक्षिक वर्षमा एसएलसी÷एसईई एवं दश जोड दुईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई प्रयाग राज ताम्राकारको सहयोगमा नगद रकम सहित स्व. रामबहादुर ताम्राकार स्मृति पुरस्कार पनि प्रदान गरियो । आश्विन र रोहिल (२०७२), उत्सल (२०७३), आभुषण (२०७४), प्रतिष्ठा र श्रेया (२०७५), रोनित (२०७६), आशिया (२०७७), शिरिष (२०७८) र प्रशान्त ताम्राकार (२०७९) लाई एसएलसी÷एसईई तर्पm र ईभा (२०७३), रईसा (२०७४), रोहिल (२०७५), उत्सल (२०७६), प्रदिश (२०७७), सुपेक्षा र श्रेया (२०७८) र प्रनिशा ताम्राकार (२०७९) लाई दश जोड दुई तर्पm स्व. रामबहादुर ताम्राकार स्मृति पुरस्कार प्रदान गरिएको छ । 
    सोही कार्यक्रममा २०६७ सालदेखि दिँदै आएको स्व.रुपराज स्मृति ‘मरणोपरान्त अग्रज सम्मान’ यस पटक स्व. हरिसुन्दर ताम्राकारका लागि उहाँका धर्मपत्नी आशमाया ताम्राकारलाई प्रदान गरियो । गुठीका नायो विश्वनाथ ताम्राकार, नकीं चण्डेश्वरी ताम्राकार र रुपराज स्मृति कोषका प्रतिनिधी प्रा.डा. सुमन राज ताम्राकारले क्रमशः सम्मानपत्र, दोसल्ला र नगद रकम हस्तान्तरण गर्नु भयो । प्रा.डा. सुमन राज ताम्राकार र चण्डेश्वरी ताम्राकारद्वारा प्रायोजित एवं डा. सुमन राज ताम्राकारद्वारा सम्पादित पनौती ब्रह्मायणी गुठीको स्मारिका ‘ब्रह्मायणी’ को दोश्रो संस्करणको विमोचन गरिएको थियो भने २०७९ सालको स्थानीय निर्वाचनमा पनौती नगरपालिका वडा नं. ७ मा निर्वाचित सबिन ताम्राकारलाई पनि सम्मान गरिएको थियो । उक्त सम्मान कार्यक्रममा आर्थिक प्रायोजन गर्ने गुठीयारहरु प्रयागराज ताम्राकार, लक्ष्मीकृष्ण ताम्राकार, बिक्रम ताम्राकार, प्रा.डा. सुमनराज ताम्राकार, राजु ताम्राकार, नरेन्द्र ताम्राकार, ध्रुबकृष्ण ताम्राकार, उत्तम कृष्ण ताम्राकार, ज्ञानेन्द्र ताम्राकार, प्रताप ताम्राकारलाई सम्मानपत्र दिइएको थियो । प्रा.डा. सुमनराज ताम्राकारद्वारा संचालित उक्त कार्यक्रममा उत्तम कृष्ण ताम्राकार, तुयुकाजी ताम्राकार, सबिन ताम्राकार, लक्ष्मी कृष्ण ताम्राकार र विश्वनाथ ताम्राकारले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।