2026 September 01/ 12:11: 47pm

४५ खेलाडीलाई ह्वाईटबाट ‘अरेन्ज’ बेल्ट
    बनेपा/नेपाल सितोरियो कराँते डो.संघ उग्रतारा सितोेरियो कराँते डोजोले प्रशिक्षणमा सहभागि भएका ४५ जना खेलाडीहरुलाई बेल्ट टेष्ट ग्रेडिङ्ग गरेको छ । २५ जना केटा र २० जना केटीहरुलाई एल्लो तहको बेल्ट, प्रमाणपत्र वितरण गरिएको थियो । 
    राष्ट्रिय खेलकुद विकास समितिका राष्ट्रिय प्रशिक्षक तीन दशक भन्दा लामो समय देखि कराँतेमा संलग्न ओमप्रकाश नकर्मीले प्रशिक्षणमा उत्कृष्ट खेलाडीहरुलाई बेल्ट र प्रमाणपत्र उपलब्ध गराएका थिए । सोहि कार्यक्रममा बोल्दै नकर्मीले खेलाडीहरुको मेहनत, अनुशासनले ब्यक्तिगत जीवनमा मात्रै नभई राष्ट्र र अन्र्तराष्ट्रिय स्तरमा समेत ख्याति कमाउन सकिने बताए । कार्यक्रममा उत्कृष्ट चार खेलाडीलाई नगद सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा प्रथम साया श्रेष्ठ, दोश्रो रेमण्ड खड्का, तेश्रोद्धय प्रविन तामाङ र सेवक श्रेष्ठ छन् । प्रमुख अतिथी ओमप्रकाश नकर्मीले डोजोलाई खेल सामाग्री उपलब्ध गराए भने काभ्रे सितोरियो कराँते संघका अध्यक्ष सुरेश कारँजितले उत्कृष्ट हुने खेलाडी सायालाई नगद २ हजार प्रदान गरे । 
    कार्यक्रममा सितोरियो कराँते संघका अध्यक्ष सुरेश कारँजित, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, काभ्रे कराँते एकेडेमीका अध्यक्ष गौतम मानन्धर, उग्रतारा डोजोका अध्यक्ष दिनेश श्रेष्ठ, प्रमुख प्रशिक्षक नवराज मानन्धर, रेफ्रि मिसन संयोजक श्यामसुन्दर कुँवर, स्थानीय समाजसेवी नारायणप्रसाद महाजु लगायतले खेल र खेलका माध्यमबाट राष्ट्रलाई पु¥याउन सक्ने योगदानका बारेमा चर्चा गरेका थिए । बनेपा नगरपालिका वडा नम्वर १० कार्यालय पुलबजारमा हरेक दिन सितोरियो कराँते डोजोले प्रशिक्षण दिदै आएको छ ।