2026 September 01/ 11:11: 56am

बनेपा/प्रधानमन्त्री एवं काठमाडौ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुने ब्यवस्था ब्यवहारीक नभएको बताएका छन् । 
    काठमाडौ विश्वविद्यालयले स्थापनाको ३२ वर्ष पछि नेपालमै पहिलो पटक आयोजना गरेको राष्ट्रिय उपकुलपति सम्मेलनको केन्द्रिय कार्यालय धुलिखेलमा उद्घाटन पछि कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त धारणा राखेका हुन् । प्रधानमन्त्री पदेन कुलपति हुने ब्यवस्था परिवर्तन गर्दा कुनै अमुक शक्ति समुहले विश्वविद्यालयलाई पार्न सक्ने प्रभावका बारेमा सचेत रहनु पर्ने प्रधानमन्त्री दाहालले बताए । विश्व विद्यालयहरु आफ्नै श्रोत साधनबाट संचालन हुन सक्ने हुँदा नयाँ विकल्प खोज्नु पर्ने बताउँदै दाहालले पछिल्लो समय प्रदेश स्तरबाट समेत संचालन हुन थालेका विश्वविद्यालयहरुको गुणस्तर र त्यहाँबाट उपलब्ध हुने सेवा तर्फ ध्यान दिनु आवश्यक रहेको बताए । ‘सरकारले उच्च शिक्षाका लागि लगानी गर्न सकेको छैन । गरेको लगानी पनि पर्याप्त छैन’–प्रधानमन्त्री दाहालले भने–‘विश्वस्तरको शिक्षालाई नेपालमा उपलब्ध गराउन तथा विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालका शिक्षा नेपालको ब्यवहारिकतामा उपलब्ध गराउन आवश्यक छ ।’ 
    उद्यमशिलता, वातावरणमैत्री तथा लगानीमैत्री क्षेत्रमा शिक्षालाई जोडदै ब्यवसायीक, ब्यवहारिक र रोजगारमुलक शिक्षा उपलब्ध गराउनु पर्नेमा प्रधानमन्त्री दाहालको जोड छ । विश्वविद्यालयका गतिविधिहरुलाई क्षेत्रिय, राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमा पु¥याउन विश्व विद्यालय अनुदान आयोगले काम गर्नु पर्ने बताउँदै प्रधानमन्त्री दाहालले नेपालका सबै विश्वविद्यालयमा एकै किसिमको शैक्षिक क्यालेण्डर, पाठ्यक्रम र परिक्षाप्रणाली हुने विषयमा छलफल भईरहेको बताए ।     ‘विद्यार्थीहरुले आर्जन गरेको शैक्षिक ज्ञान र उपलब्धतालाई नेपालका लागि आवश्यक जनशक्तिका रुपमा विकास गर्न विश्वविद्यालयहरु बीच सहकार्य र समन्वय जरुरी छ’–प्रधानमन्त्री दाहालले भने–‘नेपाललाई उच्च शिक्षाको शैक्षिक हब बनाउन सकिन्छ र गर्नु पर्छ ।’ काठमाडौ विश्वविद्यालयले शुरु गरेका शैक्षिक कार्यक्रम, नयाँ खोज र अनुसन्धान तथा प्राप्त गरेका उपलब्धीहरु नमुनायोग्य भएको प्रधानमन्त्री दाहालले बताए । 
    सम्मेलनको उदेश्यका बारेमा जानकारी दिदै काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले उच्च शिक्षाका मापदण्डहरुमा एकरुपता र अन्र्तराष्ट्रियकरण गर्न सम्मेलन महत्वपूर्ण हुने बताए । शिक्षाको अन्तर्राष्ट्रियकरणबाट प्राप्त अवसरको पहिचान तथा सदुपयोग गर्न राष्ट्रिय उच्च शिक्षाका प्राज्ञिक एवं नीतिगत तहबाट अन्तर्दुष्टि, विचार र सुझावहरु संकलन र आदान हुने उपकुलपति थापाले बताए । यसकै अनुभवका आधारमा २०८० फागुन ३ र ४ गते भारत लगायतका विभिन्न मुलुकका २ सय ५० वटा विश्वविद्यालयका उपलकुपतिहरुको सम्मेलन धुलिखेलमा आयोजना गरिने उपकुलपति थापाले बताए । सम्मेलनमा नेपालको उच्च शिक्षामा प्रगतिशिल सुधारका लागि प्राप्त सुझावको विश्लेषण गरी अन्तर्राष्ट्रियकरण बारे साझा धारणा निर्माण गर्न महत्वपूर्ण हुने थापाले बताए । सम्मेलनमा संस्थापक उपकुलपति प्रा.डा सुरेशराज शर्मा, शिक्षा राज्य मन्त्री प्रमिला कुमारी लगायतले सम्मेलनबाट नेपालको शिक्षा प्रणालीमा आउने दुरगामी महत्वका बारेमा धारणा राखेका थिए । 
    सम्मेलनमा नेपालका ११ वटा विश्वविद्याल, ७ वटा प्रादेशिक विश्वविद्यालय र ६ वटा प्रतिष्ठान गरी २४ वटा संस्थाका उपकुलपति, पुर्व उपकुलपति, रजिस्ट्रार र डिनहरुको सहभागिता रहेको छ । सम्मेलनमा खुल्ला विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिलु मानन्धर बर्जाचार्यले उच्च शिक्षाका परिदृश्यलाई आकार दिन खुल्ला शिक्षामा पहल र आविश्कारहरुः चलिरहेको प्रवृत्ति र चुनौतीहरु विषयक कार्यपत्र प्रस्तुत गर्नेछिन भने नेपाल विकास बोर्डका अध्यक्ष डा. अर्जुन कार्कीले उच्च शिक्षालाई सान्र्दभिक बनाउने तर्फ प्रस्तावित नेपाल विश्वविद्यालयकाका सन्र्दभमा कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यस्तै सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्माराज जोशीले परिवर्तन भविश्यःविद्यार्थी आदान प्रदान र गतिशिलता कार्यक्रम एकीकरणका बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन् । गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङले नेपाली उच्च शिक्षालाई विश्वसँग जोड्दैः उदासिन अवस्था विषयक कार्यपत्र प्रस्तुत गर्नेछन् ।