2026 September 01/ 11:11: 19am

बनेपा/बनेपामा रहेको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाएको छ । रजत जयन्तीको अवसर पारी ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले बनेपा नगरपालिका वडा नम्वर ९ मा निर्माण गरेको भवनको उद्घाटन गरिएको छ । भवन उद्घाटनसँगै बनेपा नगर क्षेत्र भित्र शान्ति पदयात्रा सहितको ¥याली पछि आयोजित कार्यक्रममा भवन निर्माणमा सहयोग पु¥याउने विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । 
    ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका सह निर्देशक किरण दिदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी राज दादीमाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै राजयोगिनी राज दादीमाँले आध्यात्मिक ज्ञानका माध्यमबाट ब्यक्ति, परिवार, समाज हुँदै विश्वमा शान्ति कामना हुने बताईन् । ‘ब्रह्माकुमारी राजयोग सेवा केन्द्रहरुले समुदायमा शान्ति, अमन चयन तथा सकारात्मक सोचका लागि ज्ञान वितरण गर्ने प्रयत्न गरिरहेको छ’–निर्देशक दादीमाँले भनिन–‘विश्वमा शान्ति स्थापना गर्न ब्रह्माकुमारी राजयोग सेवा केन्द्रहरु कृयाशिल छन् । बहिनी भाईहरुको निरन्तर साधना र प्रयत्न रहनेछ ।’ 
    कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री तथा प्रतिनिधि सभा क्षेत्र नम्वर २ काभ्रेका सांसद गोकुल बास्कोटाले विश्वमा भईरहेका युद्धहरु तथा ब्यक्ति भित्रका मानसिक तनावहरुको ब्यवस्थापन तथा ब्यक्तिहरुलाई सत्मार्गमा लाग्न बह्माकुमारी राजयोग सेवा केन्द्र महत्वपूर्ण रहेको बताए । भवन निर्माण कार्यमा समुन्द्रमा थोपा मिसाए झै सक्दो मानविय र भावनात्मक सहयोगका साथै आर्थिक सहयोग गरिएको बास्कोटाले बताए । कार्यक्रममा बागमती प्रदेश सभाका पुर्व मन्त्री बसुन्धरा हुमागाई, बागमती प्रदेश सभाका सदस्य कन्चनचन्द्र बादे, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य लगायतले बनेपामा रहेको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले स्थापनाको २५ औ वर्ष पुरा गरेकोमा शुभकामनाका साथै सोहि क्षेत्रमा रहेर स्थानीय स्तरमा पु¥याएको योगदानको चर्चा गरेका थिए । 
    कार्यक्रममा बागमती प्रदेश पतञ्जली योग समितिका अध्यक्ष ग्रुवेन तौजले, काभ्रेका कार्यवाहक अध्यक्ष प्रकाश कायश्थ लगायत पतन्जली योग समितिले राज दादीमाँलाई अभिनन्दन गरेको थियो । बनेपा नगरपालिका तथा विभिन्न संघ संस्थाले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको स्थापना र सकारात्मक सन्देश प्रवाहमा पु¥याएको योगदानका लागि धन्यवाद सहित बनेपा केन्द्रलाई सम्मान सहित शुभकामना ब्यक्त गरेका थिए । बनेपा केन्द्रकी प्रमुख लक्ष्मी दिदीले स्थापना देखी हालसम्म ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले खेलेको भूमिकाका बारेमा जानकारी गराएकी थिईन् । दादीमाँले शुरुमा बनेपा केन्द्रको शुरुवातीका लागि २५ वर्ष अघि तीन महिनाको जिम्मेवारी दिएर पठाएको भए पनि हालसम्म तीन नपुगेको बताउँदै लक्ष्मी दिदीले बनेपामा रहेर अझै सेवा गर्ने प्रतिवद्धता ब्यक्त गरिन् । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सक्रिय सहभागिता रहेको थियो ।