2026 September 01/ 11:11: 54am

बल्ल खारेजीको निर्णय
    धुलिखेल/दावा छिरिङ भनिने निमा तामाङको नागरिकता खारेज गर्ने निर्णय भए पनि एकै दिन नागरिकता लिएका विदेशी नागरिक पासाङ तामाङ तथा अन्य विदेशी नागरिकहरु सोनाम लामा, तेन्जिङ गुरुङ, राम लामा, सोनाम लामा र उमेश योञ्जनका बारेमा सरकार मौन छ । उनिहरु जस्तै ३ सय ५० जनाले काभ्रेबाट नागरिकता लिएको खुलासा भएको थियो । 
    चेष्टा साप्ताहिक लगायतका संचारमाध्यमहरुले निरन्तर दिएको दबाबका कारण सरकारले गृह छानविन समिति गठन गरी छानविन गरेको थियो । सुन तस्करी लगायतका विभिन्न अपराधमा संलग्न दावाको नागरिकता खारेज भए पनि अन्यका बारेमा सरकार अझै मौन रहेको छ । निमाले काभ्रेबाट २०७४ सालमा काभ्रेको नमोबुद्ध नगरपालिका ११ नम्वर वडा ठेगाना राखेर नागरिकता लिएका थिए । 
निमासँगै नागरिकता प्राप्त गर्ने विदेशी नागरिकहरु पासाङ तामाङ, सोनाम लामा, तेन्जिङ गुरुङ, राम लामा, सोनाम लामा र उमेश योञ्जनका बारेमा सरकार मौन छ । उनिहरु जस्तै ३ सय ५० जनाले काभ्रेबाट नागरिकता लिएको खुलासा भएको थियो । पासाङ र निमाले एकै दिन पेमा लामा नामका ब्यक्तिलाई बाबु बनाउँदै काभ्रेबाट नागरिकता लिएका थिए । दावाको नागरिकता खारेज भए पनि नागरिकता उपलब्ध गराउन संलग्न भएका कर्मचारीहरुको हकमा भने सरकारले केहि निर्णय गरेको छैन । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी नागरिकता खारेजीका लागि प्रकृया शुरु भएको दुई महिना पुग्न लाग्दा समेत मन्त्री परिषद्मा नागरिकता र राहदानी खारेजीको प्रस्ताव पेश हुन सकेको थिएन । शुक्रबार मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले निमा तामाङको नागरिकता खारेज गर्ने गृह मन्त्रालयको प्रस्ताव पास भएको जानकारी गराईन् । 
    छानविन समितिको निश्कर्षका आधारमा निज निमा तामाङलाई नेपालको प्रचलित कानुन बमोजिम नेपालको नागरिकता र नेपालको राहदानीबाट हटाउने तर्फ आवश्यक कारवाही र नेपालमा निजले गरेका अन्य कसुरका सम्वन्धमा समेत प्रचलित कानुन वमोजिम आवश्यक कारवाही अगाडी बढाउन उपयुक्त हुने देखिन्छ भन्ने प्रतिवेदन छानविन समितिले गृह मन्त्रालयमा दिएको थियो ।