2026 September 01/ 10:14: 25am

सचेतनाका लागि बृहत्त -यालीको आयोजना
    बनेपा/राजधानी पुर्वका जिल्लाहरुको सबै भन्दा पुरानो अस्पताल शिर मेमोरियलमा सबै प्रकारका क्यान्सरको उपचारका लागि तयारी गरिएको छ । अस्पतालकी मेडिकल डाईरेक्टर डा.एन्जिला बस्नेतका अनुसार पहिलो चरणमा अस्पतालमा आएका विरामीहरुलाई रिफर गर्नु नपर्ने गरी १२ शैयाको विभागबाट उपचार सेवा सूचारु हुनेछ । 
    ‘२७ अक्टोवरबाट औपचारिक रुपमा क्यान्सर रोगको उपचार शुरु हुनेछ’–मेडिकल डाईरेक्टर डा.एन्जिला बस्नेतले भनिन–‘शुरुमा क्यान्सरको पहिचान गर्ने, क्यान्सर भएको प्रमाणीत भएमा त्यसको उपचार गर्न किमो थेरापी लगायतका सेवाहरु सूचारु गर्ने छौं । १२ शैया क्यान्सरका विरामीका लागि ब्यवस्थापन गरिएको छ ।’ आईसियु बेड, किमोथेरापी सेवा, विशेषज्ञ डाक्टर, नर्सहरुलाई तालिम दिई सकेको डा. बस्नेतले बताईन् । क्यान्सर भए पछि हुने शारिरिक, मानसिक, आर्थिक तनाव कम गर्न घर परिवारका सदस्यहरुलाई समेत सहज हुने गरी नजिकै रहेको अस्पतालबाट सेवा लिन सक्ने गरी क्यान्सरको उपचार शुरु गरिएको उनले बताईन् । यो उपचार सेवामा शुल्क महङ्गो नहुने डा. बस्नेतले जानकारी दिईन् । 
    अस्पतालमा कार्यरत डा. धुर्व कँडेलले विरामीहरुमा देखिएको समस्याबाट अस्पतालले सेवाको भावले क्यान्सरको उपचार सेवा शुरु गरेको बताए । ‘हरेक दिन विरामीहरु अन्यत्र रिफर गर्नु पर्ने समस्या समाधान गर्न यो उपचार सेवा शुरु गरिएको हो’–डा. कँडेलले भने–‘उपचारसँगै नागरिकहरुलाई क्यान्सरका बारेमा सचेतना फैलाउने अभियान शुरु गरिन्छ । महिलाहरुका हकमा हरेक महिनाको एक पटक आफै ब्रेस्ट परिक्षण गर्न अनुरोध गरिन्छ भने खानपान र रहनसहनमा ध्यान दिन अनुरोध गरिन्छ ।’ यो सेवाबाट जिल्लाबासीहरु लाभान्वित हुने उनले बताए । अहिले क्यान्सरको उपचार नीजि अस्पतालहरुमा पुग्दा महङ्गो हुने गरेको छ भने भएका अस्पतालहरुपनि समयमा उपचार सेवा दिन विरामीको चापका कारण सकिरहेका छैनन् । त्यहि अवस्थालाई मध्यनजर गर्दै शिर मेमोरियल अस्पतालमा क्यान्सर सम्बन्धी रोगको उपचार सेवा शुरु गरिएको डा. कँडेलले बताए ।     
    भक्तपुर अस्पतालमा कार्यरत डा. पुन्य खरबुजका अनुसार क्यान्सरका विरामीहरु हरेक दिन बढिरहेका छन् । उनिहरुलाई नियमित उपचार सेवा सहज रुपमा दिन नसक्दा मानसिक र शारिरिक रुपमा थप अशक्त हुँदै गएको अवस्थामा आर्थिक रुपले समेत संकट पर्ने अवस्था बढिरहेको उनले बताए । यस्तो अवस्था न्यूनिकरण गर्न शिर मेमोरियल अस्पतालमा आएका क्यान्सर रोगका विरामीहरुको उपचार नियमित गर्ने प्रयत्न गरिएको बताए । अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकृत सुन्दर थापा मगरले शिर मेमोरियल अस्पतालले शुरु गर्न लागेको यो सेवाबाट जिल्लाबासीका अलावा छिमेकी जिल्लाका नागरिकहरु समेत लाभान्वित हुनेछन् । 

जनचेतनाका लागि बृहत्त -याली
    विश्वब्यापी रुपमा अक्टोबर महिनालाई स्तन क्यान्सर जागरुकता महिनाको रुपमा लिने गरिएको छ । सोहि महिनालाई अझै प्रभावकारी रुपमा स्तन क्यान्सरका बारेमा सचेतना फैलाउने उद्देश्यले नेपाल क्यान्सर रोग निवारण संस्था काभ्रे शाखा सहितको सहकार्यमा शीर मेमोरियल अस्पताल बनेपाले आगामी कार्तिक ३ गते शुक्रबार विहान बनेपामा बृहत्त जनचेतनामुलक ¥याली आयोजना गर्ने भएको छ । अक्टोवर २० का दिन बनेपामा रहेको शिर मेमोरियल एडभेन्टिस्ट अस्पतालले आम जनसमुदाय प्रति स्तन क्यान्सर सम्वन्धी रोगको पहिचान र हेरचाह गर्नका लागि जानकारी मुलक सन्देश प्रवाह गर्न ¥याली आयोजना गरेको अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकृत सुन्दर थापाले जानकारी दिए । 
    रोग लाग्नै नदिने, रोग लागि सके पछि समयमै उपचार गरी त्यसको ब्यवस्थापन गर्ने तथा रोग लागिसकेका ब्यक्तिहरुलाई हौसला प्रदान गरी सहज र सरल जीवनयापनका लागि उत्प्रेरणा प्रदान गर्ने उक्त ¥यालीको उदेश्य रहेको छ । अस्पताल परिसरबाट निस्कने बृहत्त ¥याली बनेपा पुरानो बजार हुँदै लायकु दरवबारबाट बनेपाको अरनिको राजमार्ग हुँदै पुनः रेडक्रस अघिबाट स्मार्ट पार्टी प्यालेसमा पुगेर सभामा परिणत हुनेछ । पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल डाईरेक्टर डा. एन्जिला बस्नेत, क्यान्सर रोग विशेषज्ञ डा. पुन्य खरबुज, डा. धु्र्रर्व कँडेल, अस्पतालका निमत्त प्रमुख कार्यकारी अधिकृत सुन्दर थापा, नेपाल क्यान्सर रोग निवारण संस्थाका सदस्य हर्षनारायण कर्माचार्य लगायतले क्यान्सर जस्तो प्राणघातक रोग लाग्नै नदिन र लागि सकेकाहरुलाई उपचारसँगै हौसला प्रदान गर्नु पर्ने बताएका थिए ।