‘ढुक्क भएर दशैं मान्नुस्’
धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले चाडपर्व विशेष सुरक्षा योजना २०८० सार्वजनिक गर्दै नागरिकहरुलाई ढुक्क भएर दशै मान्न अनुरोध गरेको छ । प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकालले नागरिकहरुलाई ढुक्कसँग दशैं मान्न अनुरोध गर्दै सुरक्षा योजना तयार गरिएको बताए । चाडपर्वका लागि प्रहरीले जिल्ला कमाण्ड पोष्ट गठन गरेको छ । जसमा प्रहरी उपरीक्षकको कमाण्डमा १० जना जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा रहनेछन् । जिल्ला रिजर्भ फोर्स प्रहरी नायव उपरीक्षकको कमाण्डमा १५ जना जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा स्टेण्डबाई रहनेछन् । प्रहरी निरीक्षकको कमाण्डमा १० जना धुलिखेल अठ्ठाईसकिलोमा स्ट्राईकिङ्ग रहने छ । ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा १० जना अरनिको राजमार्ग बनेपा चारदोबाटोमा क्युआरटि रहनेछ । प्रहरी निरीक्षकको कमाण्डमा बि.पि. राजमार्गको धुलिखेल न.पा. ६ भकुण्डेचोकमा रहने छ भने जुनियर प्रहरी अधिकृतको कमाण्डमा ९ वटा स्थानमा २७ जना ट्राफिक प्रहरी सहित चेकिङ टोली परिचालन गरीएकोे छ । जिल्लाको शंकास्पद पाँच स्थानमा जुनियर प्रहरी अधिकृतको कमाण्डमा २० जना मादक पर्दाथ सेवन चेकिङ्गको व्यवस्था मिलाएको छ । जिल्लाको ६ वटा स्थानमा जुनियर प्रहरी अधिकृतको कमाण्डमा २५ जना प्रहरी जनशक्ति रेगुलर चेकिङ्ग डिउटी परिचालन गरेको छ । चारपाँग्रे गाडी मोबाईल ८ वटा परिचालन गरिएको प्रहरी निरीक्षकको कमाण्डमा ३५ जना परिचालन गरिएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाई समेतबाट मोटरसाईकल गस्ती ३८ वटा प्रहरी बरिष्ठ हवलदार तथा प्रहरी हवलदारको कमाण्डमा ७२ जना प्रहरी परिचालन गरिएको छ । जिल्लाको शंकास्पद स्थानहरुमा २४ सै घण्टा जुनियर प्रहरी अधिकृतको कमाण्डमा ३८ वटा प्रहरी इकाईबाट ७७ जना प्रहरी जनशक्तिलाई पैदल गस्तिमा परिचालन गरिएको छ । संवेदनशिल १५ वटा स्थानमा ३३ जना प्रहरी जनशक्तिलाई पिकेट डियुटी मार्फत परिचालन गरिएको छ भने अरनिको राजमार्ग तथा वि.पि. राजमार्गको संवेदनशिल १२ वटा स्थानहरुमा जुनियर प्रहरी अधिकृतको कमाण्डमा ३६ जना प्रहरी जनशक्ति राजमार्ग गस्तीका रुपमा परिचालन गरिएको छ ।
बसपार्क, टिकट काउण्टर, बस बिसौनी लगायतका स्थानमा यात्रुहरुको सुरक्षाको लागि जुनियर प्रहरी अधिकृतको कमाण्डमा २७ जना प्रहरी जनशक्ति यात्रुसहयता कक्षमा परिचालन गरिएको छ । काभ्रेपलाञ्चोक जिल्लामा रहेका शक्तिपिट पलाञ्चोक भगवती मन्दिर, चण्डेश्वरी मन्दिर, नाला भगवती मन्दिर लगायतका धार्मिक स्थलहरुमा जुनियर प्रहरी अधिकृतको कमाण्डमा ३० जना प्रहरी जनशक्ति धार्मिक, मेलापर्व सुरक्षाका लागि परिचालन गरिएको छ । बैंक तथा बित्तिय संघ सस्था भएका स्थानहरुको सुरक्षाको लागि २६ स्थानमा ५० जना प्रहरी जनशक्ति परिचालन गरिएको छ ।
दैनिक अत्यावश्यक उपभोग्य वस्तु तथा सामग्री कृतिम अभाव, कालो बजारी नियन्त्रणको लागी सरोकारवाला निकायहरुसँग बजार अनुगमनको गर्नको लागि प्रहरी निरीक्षकको कमाण्डमा १० जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । लामो दुरीका यात्रुबाहक सवारीसाधनमा यात्रुहरुको सुरक्षाको लागी ११ वटा प्रहरी इकाईबाट २२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । चाडपर्वको समयमा राजनैतिक पार्टीहरुले गर्न सक्ने राजनैतिक कार्यक्रम सुरक्षाको लागि प्रहरी निरीक्षकको कमाण्डमा १५ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । जिल्लाका बिकट ग्रामिण भेगहरुमा स्थानिय मानिस तथा जनप्रतिनिधीहरुलाई चाडपर्वको समयमा शान्ति सुरक्षाको लागि प्रहरी निरीक्षकको कमाण्डमा १० जना प्रहरी जनशक्ति परिचालन गरिएको छ ।
बिशिष्ठ व्यक्तिहरुको आगमन तथा निवासमा जुनियर प्रहरी अधिकृतको कमाण्डमा २० जना प्रहरी जनशक्ति सुरक्षाको लागि परिचालन गरिएको छ । कार्यालय तथा मातहतको प्रहरी इकाई समेतबाट संकास्पद २१ वटा स्थानहरुमा जुनियर प्रहरी अधिकृतको कमाण्डमा ४० जना प्रहरी जनशक्ति झै झगडा हुन सक्ने स्थानमा परिचालनका लागि तयारी गरिएको छ । कार्यालय तथा मातहतको प्रहरी इकाई समेतबाट विभिन्न होटल तथा लजहरुमा चेकजाँच गरी अवैध घरेलु मदिरा नियन्त्रणको लागि जुनियर प्रहरी अधिकृतको कमाण्डमा ४५ जना प्रहरी जनशक्ति परीचालन गरिएको छ । वि.पि. राजमार्गको रोशी गा.पा. वडा नं.–९ मंगलटारमा प्रहरी निरीक्षकको कमाण्डमा रात्रिकालीन यात्रुहरुका लागि सुरक्षाका लागि १० जना वेश राखिएको छ । अनरिको राजमार्ग पाँचखालको लामीडाँडामा प्रहरी निरीक्षकको कमाण्डमा १० जना वेश राखिएको छ । ७ सय ६ जना प्रहरीलाई विभिन्न जिम्मेवारीमा परिचालन गरिएको एसपी भाग्येन्द्र पुरुष ढकालले बताए ।






