बनेपा/शनिबार २४ घण्टे अल्टिमेटम दिदै पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको प्रेस चौतारी काभ्रेले सोमबार दिउँसो कार्यालय पुगेर किलाकाटी ठोकेको छ । कालो ब्यानर झुण्डाउन फलामे किला ठोकेको चौतारीले लगत्तै सटरमा ताला ठोकेको हो ।
नयाँ सदस्यता आवेदन दिएकाहरुको हकमा महिनौ वितिसक्दा समेत शाखा अनिर्णयको बन्दि बनेको छ । ‘नयाँ सदस्यताका हकमा समयमै निर्णय नगर्ने, नविकरणमा एकलौटी र विभेदकारी निर्णय गर्ने जिल्ला, प्रदेश र केन्द्र विरुद्ध चौतारीले चरणवद्ध आन्लोलन घोषणा गरेको हो’–अध्यक्ष भुवन रायमाझीले भने–‘चौतारीले उठाएका मागहरु सम्बोधन नहुँदासम्म लगाएको ताला खुल्दैन । बरु थप संर्घर्षका कार्यक्रम घोषणा हुनेछन् ।’ चौतारीले महासंघका भित्तामा टाँगेको कालो ब्यानरमा भनिएको छ –‘केन्द्र र प्रदेश समितिले तोकेको समयावधी भित्र वितरण नगरिएको नयाँ सदस्यता पुनः तत्काल वितरण गर्न, नविकरणमा गरिएको भेदभाव, असहिस्ण्ुता र विभेदकारी निर्णय तत्काल खारेज गर्न, कृयाशिल सदस्यहरु सबैको नविकरण गरियोस तथा गैह् कृयाशिल र मापदण्ड विपरितका सदस्यहरुको नविकरण रोक्न, स्थानान्तरण एक ब्यक्ति विशेषका हकमा मात्रै नगरी स्थानान्तरण गर्न चाहनेहरुका हकमा खुल्ला रुपमा आब्हान गर्न, महासंघले देखाउन नसकेको साझा चरित्र र उदेश्य कायम राख्न, दल र ब्यक्ति विशेषका आधारमा गरिएको विभेदकारी गतिविधी तत्काल बन्द गर्न माग गर्दछौं ।’






