काउन्सिलले ग-यो नगद सहित सम्मान
काठमाडौ/प्रेस काउन्सिल नेपालले चेष्टा साप्ताहिकलाई आचार संहिता कार्यान्वयनमा उत्कृष्टता हासिल गरेकोमा सम्मान गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस काउन्सिलको स्थापना दिवस तथा बार्षिकोत्सवको अवसरमा असोज ६ गते सम्मान गरेका हुन् । अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देशभरका विभिन्न संचारमाध्यम र संचारकर्मीहरुलाई विभिन्न विद्यामा सम्मान गरेको हो ।
काभ्रेपलाञ्चोक जिल्लामा प्रजातन्त्र प्राप्ति पछिको दर्ता भई संचालनमा आएको पहिलो पत्रिका हो चेष्टा । आर्थिक २०५०÷०५१ को असोज महिनामा मासिक रुपमा प्रकाशन भएको चेष्टा २०५६ साल कार्तिक महिनाबाट साप्ताहिकका रुपमा प्रकाशन भएको थियो । तीन दशक देखि निरन्तर प्रकाशन भईरहेको चेष्टा साप्ताहिक २०५८ सालमा निरन्तर प्रेस काउन्सिल बर्गिकरणमा परी ‘क’ श्रेणीमा पर्दै आएको छ । नेपाल सरकारले श्रमजीवी ऐन जारी गर्नु अगावै न्यूनतम पारिश्रमिक बैकिङ्ग प्रणालीबाट भुक्तानी गर्न शुरु गरी नमुना साप्ताहिकका रुपमा प्रकाशन भएको साप्ताहिक चेष्टाले हरेक साता खोजी समाचार प्रकाशन गर्दै आएको छ । मुलुकमा भएका राजनीतिक परिवर्तनका विभिन कालखण्डमा नागरिकहरुको हक, अधिकारका लागि निरन्रत प्रकाशन भएको पत्रिका चेष्टाले नागरिकहरुको हितलाई पहिलो प्राथमिकता राखेको छ । धुम्रमान र मद्यपानको विज्ञापन प्रकाशन नगर्ने नीति लिएको छ । सामाजिक सन्देश दिने र समाजको हितका लागि सामाजिक उत्तरदायित्व बहन गर्दै निःशुल्क विज्ञापन प्रकाशन गर्दै आएको छ । विज्ञापन र समाचारको मापदण्ड भित्र रहने प्रयास गरेको छ ।
नियमित रुपमा लेख, रचना, साहित्य, कला, खेल, अन्र्तवार्ता, नियमित स्तम्भहरु, मनोरञ्जनात्मक, बाल स्तम्भ, शिक्षा, लगायतका थुप्रै विषयहरु सम्प्रेषण गर्दै आएको छ । जिल्लाको पूर्वी भागहरु सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुलीका केहि क्षेत्र भक्तपुर, ललितपुर र काठमाडौं उपत्यकाका महत्वपूर्ण स्थानहरुमा यो पत्रिका विक्रि वितरण हु“दै आएको छ । अनलाईन संस्करण पनि संचालन भएको पत्रिका जिल्लामा धेरै विक्री हुने पत्रिका हो । अहिले बागमती प्रदेश अन्र्तगत क श्रेणीमा बर्गिकरण भएको छ ।





