भुम्लु/भनिन्छ नि रक्षकहरु नै भक्षक हुन थालेपछि नागरिकहरुले असुरक्षा महसुस गर्छन । असुरक्षाका बाबजुत नागरिकहरुले ज्यान समेत त्याग्न थालेका छन् । जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरुले सशस्त्र द्वन्द्वकै शैलीमा ब्यक्तिको सम्पति हडप्ने कार्यलाई निरन्तरता दिँदा अनाहकमा ६८ बर्षीय ठडेन्द्रबहादुरको देहान्त भएको छ ।
ब्यक्तिको ज्यान गईसक्दा पनि लास माथी राजनीति गर्ने जनप्रतिनिधिहरुका कारण पीडित झनै पीडामा परेका छन् । ब्यक्ति मरेको दशांै दिनसम्म पनि जोहरी दर्ता नगर्ने प्रहरीले अर्काे अपराध निम्त्याएको छ । सामान्य अवस्थामा आत्महत्या दुरुत्सहान गर्ने अभियोगमा संलग्नहरुलाई प्रहरीले तत्कालै उजुरी लिएर अनुसन्धान शुरु गर्छ । राजनीतिक पहुँचका आधारमा जाहेरी दर्ता नगरी अनुसन्धान नै गर्न नदिने जंगली शैलीलाई सांसद्हरुले समेत प्रोत्साहन र दबाब दिईरहेका छन् । भुम्लु १ सापिङ्ग उर्लेनीको घटनाले त्यहि बताउँछ । सामान्य अवस्थाका पन्तको परिवारलाई २०७५ साल देखि झुलाईएको खुलासा भएको छ । वडा अध्यक्ष लेखबहादुर श्रेष्ठ, वडा सदस्य दानकुमारी महत खत्री र टोल सुधार समितिका अध्यक्ष ताराबहादुर पन्तले असार ८ गते भेटेर तथा फोनमा समेत ठडेन्द्रलाई लब्सीको रुखमा बाँधेर भए पनि पास नभएको जग्गामा भवन बनाउँछु भनेकै पर्सिपल्ट जग्गाकै छेउमा रहेको लब्सीको रुखमा झुण्डिएको अवस्थामा ठडेन्द्रको शव फेला प¥यो । वडा अध्यक्ष र सदस्यको धम्की पछि आत्महत्या गरेका भुम्लु १ सापिङ्ग उर्लेनीका ठडेन्द्रप्रसाद पन्तका छोरा र भतिजाले दिएको आत्महत्या दुरुत्साहन गर्न बाध्य बनाएको अभियोगको जाहेरी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सोमबार दिउँसो दर्ता गरेको छ । असार ९ गते साँझ घरबाट निस्किएका पन्तको शव असार १० गते विहान झुण्डिएको अवस्थामा फेला परेको थियो ।
‘वडा अध्यक्ष लेखबहादुर श्रेष्ठ, वडा सदस्य दानकुमारी महत खत्री र टोल सुधार समितिका अध्यक्ष ताराबहादुर पन्तले असार ८ गते भेटेर तथा फोनमा समेत ठडेन्द्रलाई लब्सिको रुखमा बाँधेर भए पनि पास नभएको जग्गामा भवन बनाउँछु भनेर धम्कि दिनु भएको थियो’–मृतकका छोरा शेरबहादुर पन्तले भन्नुभयो–‘हुर्किदै गरेको मकै उखेल्दै फालेर जर्बजस्ति शौचालय निर्माणको प्रकृया शुरु भए पछि वडा अध्यक्ष, सदस्य र टोल सुधार समितिका अध्यक्षले दिएको धम्की सहन नसकेर बुबाले आत्महत्या गर्नु भए जस्तो लाग्छ । हत्या पछि आत्महत्या जस्तो देखाईएको हो कि ? शंका छ । धम्कीको प िर्सपल्ट जग्गाकै छेउमा रहेको लब्सीको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेपछि न्यायका लागि जाहेरी लिएर प्रहरी कार्यालय धाई रहेका हौं ।’ जाहेरी दर्ता भए पनि उनिहरु विरुद्धको कारवाही प्रकृया अघि बढाएर पक्राउ नगर्दासम्म शव नबुझ्ने निर्णय गरेको भतिज रोमबहादुर पन्तले बताउनु भयो । धुलिखेल अस्पतालको मुर्दा घरमा राखिएको शव पोस्टमार्टम गर्न र शव ल्याएको गाडीको भाडा दिन समेत रकम नभए पछि चन्दा संकलन शुरु गरिएको छ । पीडितहरुको आम्दानीको कुनै श्रोत नभएको र पोस्टमार्टम गर्न समेत रकम नभए पछि आफन्त र गाउँलेहरुसँग हारगुहार गरेका छन् ।
२०७५ सालमा भिमेश्वर महिला कृषक समुहको भवन निर्माणका लागि ठडेन्द्रबहादुर पन्तको श्रीमती भोजकुमारी बानियाँ पन्तको नाममा दर्ता भएको पुरै कित्ता जग्गा मध्ये ३ आना जग्गा दिने सहमति भई बैना बापत ३० हजार भुक्तानी भएको थियो । ३ लाख रुपैयाँमा खरिद भएको जग्गाको बाँकी २ लाख ७० हजार रुपैयाँ भुक्तानी नगरी पटक–पटक भवन निर्माण कार्य गरेको अवस्थामा जग्गा पास गरिदिन्छु बाँकी रकम दिनु भन्दा वेवास्ता गर्दै उल्टै धम्कि दिन थाले पछि ठडेन्द्र विक्षिप्त भएका थिए । ‘मेरो घरमा यो जग्गाकै कारण ज्यान पर्ने भयो तपाईहरुलाई चाहिने भए बाँकी पैसा दिएर पास गर्नुस् नभए जग्गा खाली गरिदिनुस् भनेर पटक–पटक वडा अध्यक्ष, महिला समुह अध्यक्ष र टोल सुधार समितिका अध्यक्षलाई बुबाले भन्नु भएको थियो’–बुहारी नानीमैया पन्तले भन्नुभयो–‘उनिहरुको बारम्बारको धम्की पछि वडाको सिफारिस समेत रोकिदिन्छु, विजुलीको तार काटिदिन्छु, सामाजिक बहिस्कार गरिदिन्छु भन्दै धम्की दिएर जग्गासँगै रहेको लब्सीको बोटमा बाँधेर भए पनि निर्माण कार्य गर्ने चेतावनीका साथ धम्की दिए पछि बुबा सकेको घर भन्दै घर फर्कनु भएको थियो ।’ असार ९ गते साँझ घरबाट निस्किएका बुबाको हत्या वा आत्महत्या के हो ? निश्पक्ष छानविन गरी न्याय दिन माग गरेको ९ दिनसम्म वार्ता र मेलमिलापका नाममा झुलाउने काम प्रहरीबाट भएको नाति नविन पन्तले बताउनु भयो । ‘प्रहरीले जनप्रतिनिधिको दबाबमा हत्या वा आत्महत्या जस्तो जघन्य अपराधमा मिलापत्र गराउन खोज्ने कि ? जाहेरी लिएर अनुसन्धान शुरु गर्ने ?’– नाति नविन पन्तले भन्नुभयो–‘प्रहरीको भूमिका माथी प्रश्न र शंका गर्ने धेरै ठाउँ छ । ९ दिनसम्म शव रोकेर जाहेरी दर्ता नगर्नुले के बुझाउँछ ?’ ठडेन्द्रले जग्गा पास गरेर लिउ भन्दा पनि नलिएर उल्टै मानसिक दबाब दिएको उहाँले बताउनु भयो ।
भुम्लु गाउँपालिका वडा नम्वर १ स्थित सापिङ्गका ६८ बर्षिय ठडेन्द्रबहादुर पन्तको हत्या वा आत्महत्या हुन सक्ने भन्दै ठडेन्द्रका छोरा २१ बर्षिय शेरबहादुर पन्त र ३६ बर्षिय भतिज रोमबहादुर पन्तले आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा जाहेरी दिनु भएको थियो । भुम्लु गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष ४५ बर्षिय लेखबहादुर श्रेष्ठ, वडा सदस्य तथा भिमेश्वर महिला कृषक समुहकी अध्यक्ष ४२ बर्षिया दानकुमारी महत खत्री र ४६ बर्षिया ताराबहादुर पन्त विरुद्धको जाहेरी दर्ता भएको छ । जाहेरी फिर्ता लिन पीडितलाई दबाब दिन पटक पटक वार्ता गराईएको थियो । २०८० असार १० गते विहान ६ बजे भुम्लु गाउँपालिकाको सापिङ्गस्थित उर्लेनीमा ठडेन्द्रबहादुर पन्तले रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । यसअघि पनि दानकुमारी महत हत्या अभियोगमा तीन महिना जेल परेर निस्किएकी थिईन् ।






