धुलिखेल/एमालेलाई पराजय गर्न देशभर गठवन्धन बनाएर संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेका राजनीतिक दलहरुका सामुन्ने एमाले एक्लैले समानुपातिक तर्फ पहिलो र अन्य केहि पदहरुमा प्रत्यक्ष तर्फ विजयी हासिल गरेसँगै एमालेले संगठनलाई मजबुत बनाउँदै पार्टी कामलाई अझै तिब्रता दिएको छ ।
प्रतिनिधि परिषद् बैठक मार्फत १ सय ३५ वटा वडाकै कमिटीहरुलाई परिचालन गर्ने गरी निर्देशन दिएको छ । केन्द्रिय कमिटीको निर्देशन अनुसार चैत्र मसान्त भित्र सबै कमिटी र जनसंगठनका अधिबेशनहरु गर्ने गरी तयारी गरेको छ । कमिटी गठन, पुर्नगठन र अधिबेशन गर्ने, नियमित प्रशिक्षण गर्ने, विकास तथा जनतासँगको सम्वन्धलाई अझै मजबुत बनाउने गरी कार्य गर्ने योजना पास भएको एमाले काभ्रे अध्यक्ष अशोक ब्याञ्जुले बताउनु भयो । प्रतिनिधि परिषद् बैठकमा पेश गरिएको प्रतिवेदनमा पार्टीका पृष्ठभूमी, राष्टिय राजनितिक अवस्था, जिल्लाको राजनितिक शक्ति सन्तुलनको अवस्था, राजनितिक सांगठनिक कामको प्रगती, पार्टी संगठनको काम, जन संगठनको काम, बैचारिक काम, विभागीय काम, प्रचारको काम, संसदीय क्षेत्रको काम, निर्वाचनको काम र समिक्षा, संगठन सुदृढीकरण तथा सुद्धीकरण अभियान र मिसन ग्रासरुट अभियान र आगामी कार्ययोजनाका विषय समेटिएको सचिव राजन भुर्तेलले जानकारी दिनुभयो ।
उपाध्यक्ष चन्द्र लामाले पार्टीका काम अझै मजबुत र सुदृढ बनाउन एमालेले संगठन निर्माणको कार्यलाई तिब्रता दिने बताउनु भयो । उप सचिव राजकुमार सापकोटाले पार्टी केन्द्रको निर्णय र विधान अनुसार एमालेले जिल्लाको समृद्धीको यात्रालाई अघि बढाईरहेको बताउनु भयो । उप सचिव रिता ढकालले एमालेको आन्तरिक जीवनमा प्रतिनिधि परिषद् बैठक, जनप्रतिनिधिहरुको प्रशिक्षण लगायतका गतिविधिहरुले थप मजबुत बनाएको बताउनु भयो । एमाले काभ्रेमा एक्लै निर्वाचनमा भाग लिँदा पनि पहिलो पार्टीका रुपमा स्थापित भएको छ । स्थानीय तहमा यस अघि प्रमुखमा ७ वटा पालिकामा विजयी हासिल गरेको भए पनि गठवन्धनका कारण यो पटक धुलिखेलमा बाहेक अन्य प्रमुख जित्न सकेन । प्रतिनिधि सभामा गोकुल बास्कोटा विजयी भएका छन् । परिषद् बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेल, पोलिटब्युरो सदस्य गोकुल बास्कोटा र कृष्ण राई, केन्द्रिय सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटीका पदाधिकारीहरुले तथा प्रतिनिधिहरुले संगठन र पार्टी कामका बारेमा सुझाव दिएका थिए ।









