बेल्ट प्रमोशन टेष्ट
बनेपा/केनसिनकान कराँते संघ काभ्रेको आयोजनामा प्रथम साधारण सभा तथा बेल्ट प्रमोशन टेष्ट गत सोमबार सम्पन्न गरेको छ ।
साधारण सभाबाट पुनः अध्यक्षमा कपिलदेव थापा चयन हुनु भएको छ । संघको उपाध्यक्षमा रहदेव पोटे र हरिगोपाल मानन्धर, महासचिव राजन खत्री सचिव राजकुमार केसी, कोषाध्यक्ष सुदीप पाण्डे र सदस्यहरुमा सुरेश श्रेष्ठ, गोपाल भुजेल, मनिक सिं तामाङ, दिलिप तामाङ, दिपु अधिकारी निर्विरोध निर्वाचित हुनु भएको छ । सभामा सघंको प्रतिवेदन महासचिव राजन खत्री र आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुदिप पाण्डेले प्रस्ततु गर्नु भएको थियो ।
साधारण सभाको उद्घाटन संघका सल्लाहकार मोहन विष्टले गर्नु भएको थियो । विष्टले खेलले मानिसलाई अनुशासित सँगै स्वस्थ बनाउने भएकाले सबै मानिसलाई अनिवार्य खेल आवश्यक रहेको बताउनु भयो । खेलले नगरको मात्रै नभई नेपालकै नाम राख्ने भएकाले पछिल्लो समयमा नेपाल सरकारले खेलकुद क्षेत्रलाई विशेष महत्व दिएको विष्टले बताउनु भयो । खेल अहिलेको समयमा आत्मरक्षा सँगै स्वस्थ हुनका लागी अनिवार्य रहेको विष्टले बताउनु भयो ।
कार्यक्रममा ५० जना खेलाडीहरुलाई बेल्ट प्रमोशन गरिएको प्रशिक्षक हरिगोपाल मानन्धरले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल ब्रान्चचिफ रहदेव पोटेले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सभापतित्व संघका अध्यक्ष कपिलदेव थापाले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन उपाध्यक्ष हरिगोपाल मानन्धरले गर्नु भएको थियो ।






