2026 August 29/ 10:22: 31pm

         बनेपा/तत्कालिन नगर पञ्चायत २०३९ साल हाल बनेपा नगरपालिकाका संस्थापक नगर प्रमुख डा. सुरेन्द्र बहादुर बादे श्रेष्ठको गत शनिबार निधन भएको छ । 
           डा. बादे नगरको ३ पटक सम्म नगर प्रमुखका रुपमा रहनु भएको थियो । नगरको पहिलो मेयर राजनितिज्ञ, शिक्षा सेवी तथा समाज सेवी वादेले बनेपाको विकासमा ठुलो योगदान गरेको वताईन्छ । स्व वादेको पार्थिब शरिरमा नेपाली कांग्रेस वागमती प्रदेश महामनत्री तथा वागमती प्रदेशका सांसद कञ्चनचनद्र बादेले पाटीको झण्डा आडाउनु भएको थियो । त्यसै नगरपालिकाले शोक बक्तब्य जारी गरी नगरपालिका र मातहतका वडाकार्यलयहरु विदा दिई शोक मनाएको थियो । डा. बादेको श्रद्धाञ्जलीका लागी नगरपालिकामा १ घण्टा राखिएको थियो । उक्त श्रद्धान्जलीमा नगर प्रमुख शान्ति रत्न शाक्य उप प्मुख विमला सापकोटा, प्रमुख प्रशासकिय अधिकृत शिब प्रसाद होमेगाई, वडा अध्यक्षहरु, ईलाका प्हरी कार्यलयका प्रमुख रेशम बोहोरा, जिल्ला ट्राफिक कार्यलका प्रमुख सुरेन्द्र थापा, स्थानियवासी, ब्यबासायी लगाएतले श्रद्धाञ्जली अर्पण गरेका थिए । डा. वादेको पार्थिब शरिरलाई आइृतबार नै अन्त्यष्टी गरिएको थियो ।