गोकुले/मुलुक धर्म निरपेक्ष भएसँगै नेपालमा धर्म परिवर्तन गर्नेहरुको संख्या बढिरहेको छ । विशेषगरी संविधानले नै धर्म निरपेक्षताको ब्यवस्था गरे पछि गाउँ गाउँ क्रिश्चियन धर्म मान्नेहरु खुल्न थालेका छन् । जनगणना २०७८ को तथ्यांक सार्वजनिक भए पनि धर्म परिवर्तन गर्नेहरुको संख्या र धर्म अनुसारको प्रतिशत सार्वजनिक भएको छैन ।
महाभारत गाउँपालिका स्थित गोकुलेमा दुईवटा विश्वासी चर्च छन् । विलिभर्स इष्टर्न चर्च गोकुले १ मा स्थापना भएको डेढ दशक भईसकेको छ । उक्त चर्चमा प्रत्येक शनिबार १०.३० बजे आराधना समय तोकिएको छ । उक्त चर्चमा गाउँभरीका ६५ भन्दा धेरै नागरिकहरु सहभागी हुन्छन् । मकवानपुर हुँदै गोकुले आईपुगेका केहि विश्वासीहरुले गोकुलेमा आएर चर्च र त्यसमा सहभागी हुँदा हुने विश्वास र परिवर्तनका बारेमा जानकारी गराएका थिए । सोहि स्थानमा केहि ब्यक्तिहरु लामो समय विरामी परेका थिए । अस्पताल, धामी झाँक्रप्को माध्यमबाट लामो समय उपचार हुँदा पनि निको हुन सकेन । माया मारेर घर फर्काएका विरामीहरुलाई जब इसाई धर्म अनुसार प्रार्थना गराईयो । विस्तारै विरामी निको हुन थाले । घरको एक जनामा भएको उक्त समस्या विस्तारै अरुमा देखियो । अस्पताल लैजाँदा ठिक भएन । चर्चमा जाँदा ठिक भयो । त्यहि आधारमा विलिर्भस इष्टर्न चर्च स्थापना भयो । केहि ब्यक्तिहरुलाई छिमेकी देश भारतसम्म पु¥याएर त्यस सम्वन्धी अध्ययन गराईयो । त्यहि अध्ययनका आधारमा विश्वासीका बारेमा स्थानीयहरुलाई बुझाउन सक्ने ब्यक्तिलाई चर्चको प्रमुख बनाईयो । विस्तारै विस्तारै बढिरहेका विश्वासीहरुको संख्या अहिले गोकुलेको एउटा टोलमा मात्रै ६५ भन्दा धेरै छ । चर्च संचालनका लागि सहभागीहरु आफैले रकम संकलन गरिरहेका छन् । स्थानीय शिक्षक समेत रहनु भएका मोहनदास श्रेष्ठले धर्म परिवर्तन भन्दा पनि विश्वासीहरु बढिरहेको बताउनु भयो ।
गोकुलेमा नै अर्काे संस्था पिता परमेश्वर स्थापना भएको छ । हरेक शनिबार उक्त संस्थामा पनि नागरिकहरु जम्मा भएर प्रार्थना गरिन्छ । भवन पनि बनिरहेको छ । उक्त संस्थामा आवद्ध ब्यक्तिहरु पनि गाउँ गाउँमा विश्वास बढाउँदै हिडिरहनु भएको छ । भुकम्प र कोरोनाको महामारी तथा समुदायमा हुने विभिन्न विपदहरुमा उक्त संस्थाहरुले परोपकारी कार्य गरिहेका छन् । एउटै घरमा विश्वासी र अन्य धर्म मान्ने ब्यक्तिहरु पनि हुनुहुन्छ । समुदाय र टोलका नागरिकहरुले फरक धर्म माने पनि विभेद गरेका छैनन । बाल विवाह रोक्न, कुरिती र कुसंस्कार हटाउन चर्च र पिता परमेश्वर लगायतका संस्थाहरुले पनि अगुवाई गरेका छन् । रेविज विरुद्ध होस् वा अन्य विषयमा नागरिकहरुलाई सचेत गराईएको शिक्षक मोहनदास श्रेष्ठले बताउनु भयो । पछिल्लो समय हरेक क्षेत्रका युवा पुस्ताहरु धर्म परिवर्तनमा सक्रिय हुन थालेका छन् । महाभारत गाउँपालिका वडा नम्वर ३ को फोक्सिङ्गटारमा पनि सिर्जना चर्च निर्माण भएको छ । हरेक चर्चका फरक फरक उदेश्य छन् । उद्देश्य अनुसार नागरिकहरु विश्वासीमा विश्वास गर्न थालेका हुन् ।









