2026 August 29/ 04:38: 16pm

साईबर क्राईम सम्बन्धी अन्र्तक्रिया
    बनेपा/महिला सरोकार समुह बनेपा ५ ले बनेपामा नयाँ समितिको पदस्थापन सँगै साईबर क्राईम सम्वन्धी घटनाबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा प्रस्तुती सहितको अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ । 
    अध्यक्ष शारदा भैलले महिला सरोकार समुहको उद्देश्य सहित आगामी कार्यक्रमका लागि महिलाहरुले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक प्रकाश पौडेलले नेपालमा साईबर अपराधमा भएका घटना तथा मुद्दाहरु र जोगिने उपायका बारेमा जानकारी गराउनु भएको थियो । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य र उपप्रमुख विमला सापकोटा लगायतले जनसरोकारका विषयमा महिला सरोकार समुहले उठाएका विषय महत्वपूर्ण रहेको बताउनु भयो । सहभागिहरुले साईबर क्राईम र सामाजिक सञ्जालसँग जोडिएर सवालहरु उठाएका थिए । संस्थाको साधारण सभाबाट निर्वाचित कार्य समितिको सोहि अवसरमा पदस्थापन भएको थियो । साधारण सभाले शोभा थापा नकर्मीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष रिता सापकोटा, सचिव सम्झना खतिवडा, कोषाध्यक्ष पुजा केसी, सह सचिव सरु जोशी र सदस्यहरुमा नारायणी थापा तथा अम्बिा गिरी रहेका छन् । नयाँ समितिले नागरिकहरुका समस्यासँग सरोकार रहेर विभिन्न सामाजिक कार्य गर्ने अध्यक्ष शोभा थापा नकर्मीले जानकारी दिनु भयो ।