2026 August 29/ 04:38: 21pm

देवीन्द्रकुमार विष्ट । महाभारत गाउँपालिकाका वडा नम्बर ३ सिद्धेश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक । २०७८ फागुन १२ गते विहान ११.४५ बजे शिक्षक विष्टले कक्षामा बालबालिकाहरुलाई मोवाईल मार्फत यौनजन्य अश्लील श्रब्यदृश्यहरु देखाएको अभियोगमा २७ जना छात्रछात्राहरुले प्रहरीलाई उजुरी गरे । कक्षा ८ मा अध्ययन गर्ने बालबाकिलाहरुको उजुरीका आधारमा शिक्षक विष्ट पक्राउ परे । पक्राउ परेका शिक्षक विरुद्ध बाल यौन दुब्र्यबहार सम्वन्धी मुद्दा दर्ता भएको छ । ४२ बर्षिय शिक्षक विष्टको मुद्दा फैसला भएको छैन । 
काभ्रेपलाञ्चोक जिल्ला अदालतमा बाल यौन दुब्र्यवहार सम्वन्धी ६ वटा मुद्दा विचाराधीन छन् । जिल्लाका अन्य केहि विद्यालयमा पनि बालबालिकाहरु माथी यौन दुब्र्यवहार भएको मौखिक उजुरी आउने गरेको छ । प्रहरीले लिखित उजुरी आएका घटनामा मात्रै अनुसन्धान गरेको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा रहेको बाल इजलाशमा बालबालिकाहरुले गरेको अपराध तथा बालबालिकाहरु माथी भएको अपराधका बारेमा निरन्तर सुनुवाई जारी छ ।